अपडेट 
२०७९ चैत्र ३, शुक्रबार ०८:३९

धनुषामा स्कुल भ्यानले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैला नगरपालिका–१३ किरतपुरका अनिल यादवका ३ वर्षीय छोरा अभिराज यादव रहेको प्रहरीले जनाएको छ ।

सबैला नगरपालिका–१२ रघुनाथपुरमा सञ्चालित इन्टरनेशनल बोर्डिङ स्कुलको भ्यानले ठक्कर दिँदा बालक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । बिहीबार बिहान १० बजे विद्यार्थी लिन गइरहेको अवस्थामा प्रदेश–२–०२– ००१ च ००८४ नम्बरको स्कुल भ्यानले रघुनाथपुर चोकमा बालक यादवलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको डीएसपी गौतमले जानकारी दिए । बालकलाई ठक्कर दिने स्कुल भ्यान प्रहरीली नियन्त्रणमा लिएको छ भने बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News