अपडेट 
२०७९ चैत्र ३, शुक्रबार २०:२०

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधान ऐन कानून बमोजिम काम गर्ने बताउनुभएको छ ।

उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सञ्चारकर्मीसंग कुरा गर्दै यादवले आफुलाई निर्वाचित गराउने सवैप्रति धन्यवाद दिदै संविधान ऐन कानून बमोजिम काम गर्ने बताउनुभएको हो । उपराष्ट्रपतिको काम कर्तव्य र अधिकार बमोजिम इमान्दारीपूर्वक जनताको हितमा काम गर्ने उहाको भनाइ छ । संविधानको पालना गर्दै मुलुकको राष्ट्रिय एकता प्रवद्र्धन गर्न भूमिका निर्वाह गर्ने उहाले बताउनुभयो । उहाले शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउनका लागि पनि आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गर्नुभयो ।

उहाले आफ्नो निर्वाचन क्षेत्रको मतदाता लगाएत देशका सम्पूर्ण जनताप्रति आभार व्यक्त गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News