अपडेट 
२०७९ चैत्र ४, शनिबार ०८:४०

राजनीतिक बेतिथि र नेताहरुको गैरजिम्मेवार क्रियाकलापको कारण वाक्क दिक्क बनेका नेपाली जनता विहीबार राजनीतिक खबरतिर ध्यानै दिएनन् । उपराष्ट्रपतिको चुनाव,राष्ट्रपतिको गालाको कोठी हराएको र पुनः प्रकट भएको, प्रधानमन्त्रीको भाषण, सरकारको निर्णय, मलखादको मूल्य वृद्धि आदि इत्यादि घटनाहरुलाई वास्तै गरेनन् । सबैको रुचि नेपाल– युएईबीचको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ तर्फ थियो । सबै नेपालको विजय चाहन्थे ।कोही टेलिभिजन चियाउँदै थिए । कोही प्रत्यक्ष अवलोकन गर्न त्रिविवि खेल मैदान पुगेका थिए । कोही म्याच अपडेट हेर्न मोबाइल हेर्दै थिए । कोही फोन मार्फत अपडेट लिदै थिए । सबैको एउटै चाहना थियो – हामी जित्नु पर्दछ । नेपाल जित्नु पर्दछ । अनि सन्ध्या नेपालको कुना कुनाबाट सम्मिलित स्वर गुञ्जियो – नेपाली क्रिकेट जिन्दावाद । हामी जित्यौं । नेपाली खेलाडीहरुले राम्रो ग¥यो । गुलशन तिमी कमाल हौं । नेपालको शान हौ ।

तराई–पहाड–हिमालबाट मात्र होइन, आर्य–खस, मधेशी, आदिवासी जनजाति, मुसलिमलगायतका सबै गाउँ– वस्तीबाट यही स्वर गुञ्जायमान भयो – नेपाल जित्यो …हामी जित्यौ । विहीबार जातीय क्लस्टर हराएको थियो । धार्मिक रेखा मेटिएको थियो । देश विदेशमा बस्ने तीन करोड नेपाली एकाकार थिए । र एकताको डोरी बनेको थियो – नेपाली क्रिकेट टिम । जसले सिंगो नेपाललाई एक धागामा बांध्न भ्याए । जातीय, क्षेत्रीय, वर्गीय, लैङिक, धार्मिक विभेद हटाउने एकमात्र सूत्र छ – समावेशीता । समानुपातिकता । सहकार्य । अनि विभेद हटेपछि जागृत हुने हो – राष्ट्रिय एकता । जो विहीबार हामीले हे¥यौं । महसुस ग¥यौ । प्रदर्शित ग¥यौ । तर खुसीको यस माहोलमा मलाई अलि अमिलो प्रश्न सोध्न मन लाग्यो – राष्ट्रिय क्रिकेट टिमले सिंगो नेपाललाई एक सूत्रमा जोड्न भ्याए जस्तै राष्ट्रिय फुटवल टिमले किन सकिरहेको छैन ? प्रदेश वा संघीय मन्त्रिपरिषद् गठन हँंदा सिंगो नेपाल किन एकीकृत हुँदैन ? राजदूतदेखि संवैधानिक निकायहरुमा नियुक्ति हुँदा सिंगो नेपालबाट ‘हामी जित्यौं’ को जयघोष किन सुनिदैन ? यी प्रश्नहरु अमिला अवश्य छन तर राष्ट्रिय एकताका सूत्र हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिम सिंगो नेपालको साझा बन्नसक्नुको कारण हो – यसमा सिंगो नेपालको अनुहार देखिन्छ । यस टिमले सम्पूर्ण क्लष्टरहरुको प्रतिनिधित्व गरेको छ । टिमका क्यापटन छन् – रोहित पौडेल । अनि प्लेइङ ११ का खेलाडीहरु थिए – संदीप लामिछाने, कुशल मल्ल, करण केसी, ज्ञानेन्द्र मल्ल, प्रतिश जिसी, भीम सार्की, ललित राजवंशी, गुलशन झा, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरे, आरिफ शेख र आशिफ शेख । यी नामहरुले सिंगो नेपाललाई जोडे । अनि उनीहरुको उत्कृष्ट खेलले नेपालीको मन र मुटु हर्षित बनाए । म दावाका साथ भन्न सक्छु – कथंकदाचित नेपाली क्रिकेट टिम हारेको भए पनि सिंगो नेपाली राष्ट्रिय क्रिकेट टिमको साथ हुन्थे । सामूहिकतामा हार जित भन्ने केही हुदैन । जीत साझा हुन्छ भने हार पनि साझा हुन्छ । पत्रकार वीरेन्द्र केएम आफ्नो फेसबुक वालमा नेपाली खेलाडीहरुको प्रदर्शनको जिस्ट राख्दै लेख्नु भएको छ – ‘हो यसरी समग्र नेपालीको नेतृत्व भए मात्र बन्छ नेपाल ! कल्पना गरौं त ःदेशमा सार्की (पहाडीमूल – दलित) राष्ट्रपति होस् । शेख (तराईमूल – मुस्लिम) उपराष्ट्रपति होस् । भुर्तेल (पहाडी – खस – आर्य) प्रधानमन्त्री होस् । र झा (तराईमूल – खसआर्य – मधेशी) उपप्रधानमन्त्री÷गृहमन्त्री होस् । अनि देश बन्दैन ?

उदाहरणका लागि हिजोको क्रिकेट खेलमा खेलडीहरुको समावेशीता हेरे हुन्छ ।’ नेपाल जितेको केही घण्टा नवित्दै मधेश प्रदेश सरकारले गुलशन झा र आरिफ शेखलाई जनही २/२ लाख रुपैया पुरस्कार दिने घोषणा ग¥यो । मधेश सरकारको यो निर्णय सराहना योग्य छ । खेलाडीको मनोबललाई बढाउने छ । अन्य प्रदेश सरकारहरुले पनि आ–आफ्ना प्रदेशका खेलाडीहरुलाई यसैगरी पुरस्कृत गर्नुपर्दछ । म त के भन्छु भन्ने प्रदेशको ब्राण्ड एम्बेस्डर बनाउनुपर्दछ । मासिक तलव भत्ताको व्यवस्था गर्नुपर्दछ । तर मधेश प्रदेश सरकार खेलकुदमा लगानी नगर्ने अनि व्यक्तिगत लगानी र मिहिनेत गरेर उच्च मुकाममा पुग्नेलाई सम्मानमात्र गर्नु पनि उचित होइन । मधेश प्रदेश सरकार खेलकुदमा प्रयाप्त लगानी गरेर अनेकौ गुलशन, आरिफहरु उत्पादन गर्नुपर्दछ । जसले नेपाली मनहरुलाई बाह्रै महिना खुशी बनाउने छ ।

Comment


Related News