
गोपला सेवा समितिले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी भएको अवसरमा दीपावली मनाउनुका साथै मिठाई वितरण गरेका छन् ।
गोपला सेवा समिति धनुषाका अध्यक्ष रामबाबु यादवको नेतृत्वमा पूर्व केन्द्रीय सदस्य रामगोविन्द यादव, जिल्ला उपाध्यक्ष राजेन्द्र यादव, जिल्ला उपाध्यक्ष रामपुकार यादव, युवाका उपाध्यक्ष ललित यादव यदुवंशी लगायतका पदाधिकारी र सदस्यहरुले जनकपुरधाम स्थितको कृष्णमन्दिरमा दीप प्रज्वलन गर्नुका साथै मिठाइ वितरण गरेका थिए । सो अवसरमा वक्ताहरुले रामसहाय प्रसाद यादव मधेशी समुदायको भए पनि उनी सम्पूर्ण देशवासीको मन जित्न सफल हुने विश्वास व्यक्त गरेका थिए । उपराष्ट्रपति पद कार्यकारी नभएपनि आफ्नो राजनीतिक सुझवुझ र अनुभवले सम्पूर्ण देशवासीलाई एकले अर्का संग जोड्ने विश्वास व्यक्त गरेका थिए ।