अपडेट 
२०७९ चैत्र ४, शनिबार ०९:३१

जनकपुरधाम उपमहानगरपालिकामा फोहोर व्यवस्थापनका लागि जनचेतनामूलक अभियान सञ्चालन गरेको छ ।

अभियानको क्रममा शुक्रबार नगर क्षेत्रमा विभिन्न सरोकारवालाहरुको सहकार्यमा जउनपाले जनचेतना ¥यालीको प्रदर्शन गरेको छ । स्थानीय रेल्वे स्टेशनचोकबाट निस्केको सो जनचेतना ¥याली भानुचोक,शिवचोक हुँदै जनकचोकमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीको क्रममा सडकमो दुबैतिर निर्माण गरिएका पैदल यात्रुमार्गमा व्यापारीहरुले अतिक्रमण गरी राखेको सामानहरु खाली गराइएको छ भने फोहर व्यवस्थापनको लागि सबैलाई आग्रह गरिएको छ । व्यापरिक प्रतिष्ठान एवम् नगरवासीको घरबाट निस्कने फोहरलाई व्यवस्थित रुपमा प्लाष्टिकमा प्याक गरी राख्ने,सडकमा जताततै नफाल्नेसहितका चेतना जगाउने उद्देश्यले ¥यालीको आयोजना गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । ¥याली पछि आयोजित सभामा प्रजिअ दाहालले फुटपाथ पैदल यात्रुको हिंड्नका लागि हुने भएकोले कोहीले पनि यसको अतिक्रमण गरेर अवरुद्ध गरेको पाइएमा कडा कारबाही गरिने चेतावनीसमेत दिए । जउनपाका मेयर मनोज कुमार साहले फोहोर सडकमा होइन उपमहानगपालिकाको सफाइ गाडीमा राख्ने बानी पार्न नगरवासी समक्ष आग्रह गरे ।

¥यालीमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख,शसस्त्र प्रहरीका सुरक्षा प्रमुख,जउनपाका सफाइ कर्मचारीहरु,सफाइ अभियानीहरु,नागरिकसमाजका अगुवाहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । यस अभियानलाई निरन्तरता दिइने जनाइएको छ । जनचेतनाको अभावमा यहाँका व्यापारी व्यवसायीहरुले पसलबाट निस्कने फोहोर सडकमै फाल्ने प्रवृति बढेको छ । सुन्दर, स्वच्छ, समृद्ध जनकपुरधाम निर्माण अभियान अन्तर्गत नगर प्रमुख मनोज कुमार साह तथा प्रमुख जिल्ला अधिकारी काशीराज दहालको संयुक्त अगुवाइमा सुरु भएको यो अभियानलाई निरन्तरता दिइने जनाइएको छ ।

Comment

Related News