अपडेट 
२०७९ चैत्र ५, आईतवार ०७:५८

सर्लाहीको गोडैतास्थित उद्योग वाणिज्य संघका अध्यक्ष उपेन्द्र हजारी मृत फेला परेका छन् ।

शनिबार अपराह्न रहर रोपेको खेतमा हजारी मृत अवस्थामा फेला परेका छन् । शुक्रबार साँझ गोडैता–७ स्थित घरबाट सामान्य अवस्थामा हिँडेका हजारीको शव शनिबार अपराह्न रहर खेतमा लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ४५ वर्षीय हजारीको मुखबाट रगत आइरहेको अवस्थामा शव फेला परेको र घटनास्थलमा अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर पनि मगाएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News