अपडेट 
२०७९ चैत्र ५, आईतवार १८:४२

कोशी प्रदेश नामाकरण खारेज गर्न माग गर्दै संघर्ष समितिले विराटनगरमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपको क्रममा सशस्त्र चार राउन्ड हवाई फायर गर्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समितिको आयोजनामा विराटनगरको महेन्द्र चोकमा भेला भएका सहभागिहरु मुख्यमन्त्री तथा मंत्रीपरिषद कार्यालय अगाडि जाने क्रममा झडप भएको हो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो । उनीहरुले प्रदेश १ को नाम कोशी प्रदेश मान्य नहुने र पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

Comment

Related News

Latest News

Trending News