हत्याको मुख्य दोषीलाई कानूनी कारबाहीबाट जोगाएको आरोप लगाउँदै पीडित परिवारले रौतहट प्रहरीको विरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन ।
खेतमा दिशा गरेको निहुँमा स्थानीय मौलापुर नगर पालिका वडा नम्बर ९ का भोला राय यादवले बा“सको लाठी टाउकोमा प्रहार गर्दा सोही ठाउ“का पनिलाल राय यादवको ४६ वर्षीया पत्नी सुनैना कुमारी यादवको घटनास्थल मै मृत्यु भएको थियो । वारदात गर्ने मुख्य दोषी भोला राय यादव रहेकोमा प्रहरीले आर्थिक प्रलोभनमा परी अनुसन्धानलाई फितलो बनाएको आरोप पीडित परिवारको छ । घटनाका मुख्य अभियुक्तलाई जोगाएको आरोप मृतकका श्रीमान पनिलाल यादवले लगाएका छन ।
अनुसन्धानको क्रममा प्रहरीले ७५ वर्षीय उमत राय यादव, निजकी पत्नी मधनिया देवी, छोरा भोला राय यादव, बुहारी कालावती देवी यादवलाई हिरासतमा लिएको थियो । अनुसन्धानको क्रममा प्रहरीले मुख्य आरोपित उमत यादवलाई साबित वयान गराइ अन्य अभियुक्तलाई सहायक अभियुक्त बनाइ अदालतमा पेश गर्दा भोला राय यादव, मधनिया देवी र कालावती देवीलाई धरौटीमा रिहा भएका तथा उमत राय यादवलाई पुर्पक्षमा राखेको पीडितहरुको आरोप छ । उमत रायले मेरो श्रीमतीको हत्या नगरेको बताउदै हत्या गरेको भोला रायलाई प्रहरीले रिहा गराएकोमा दोषीलाई कारागार चलान गर्नु पर्ने माग गरेका छन् ।
घटनास्थलमा उपस्थित रहेका स्थानीय शारदा देवी यादवले बच्चाले दिशा गरेपछि झगडा भइ रहेको बेला भोला रायले बा“सको लाठी लिएर टाउकोमा प्रहार गर्दा सुनैना देवीको घटनास्थल मै मृत्यु भएको बताएकी छिन । मुख्य हत्यारा भोला राय निजको आमा मधनिया देवी र श्रीमती कालावती देवी भएकोले कानूनी कारबाही गर्नु पर्ने माग गरेका छन् ।
२०७९ माघ २५ गते हत्या गरिएको र २९ गते नै दोषीलाई प्रहरीले छाडेकाले न्याय पाउन कठिन भएको स्थानीय राम प्रसाद साहले प्रहरीको रबैया शंकास्पद भएको टिप्पणी गरेका छन । नेपालमा गरिबले न्याय पाउन नसकिने अवस्था रहेको भन्दै प्रहरीले आर्थिक प्रलोभनमा परी दोषी उम्काएको आरोप समेत उनले लगाए । पीडित परिवारले दोषी माथि कारबाही नगरिए प्रहरी विरुद्ध चर्को आन्दोलन गर्ने चेतावनी सेमत दिएका छन । कानून व्यवसायीहरुका अनुसार मुख्य अभियुक्त बनाइएका ७५ वर्षीय ज्येष्ठ नागरिकलाई जेलमा लामो समय राख्न नमिल्ने भएकाले मिलेमतोमा अभियुक्त जोगाउने काम गरिएको हो ।
पीडितहरुले लगाएको आरोपलाई अस्वीकार गर्दै रौतहट जिल्लाका प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले अनुसन्धानमा कुनै कमजोरी नरहेको दाबी गर्दै अदालतबाट तारेखमा छुटेको बताए । ‘प्रहरीको अनुसन्धानमा कुनै कमजोरी देखिएको छैन्’ उनले भने, अभियुक्तहरु जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । पीडितहरुको आरोप सत्य नभएको बताउँदै प्रहरीले गर्ने अनुसन्धानको सबै अंग पूरा भएकाले दोषीलाई उन्मुक्ति दिनेगरी फितलो अनुसन्धान भएको निराधार रहेको उनले बताए । पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रौतहटलाई घेराउ गरी प्रदर्शन गरिरहँदा केही घण्टा स्थिति अत्यन्त तनावपूर्ण बनेको थियो । प्रदर्शनकारी र प्रहरीले संयमता अपनाउँदा अन्य कुनै अप्रिय घटना भएन् ।