अपडेट 
२०७९ चैत्र ६, सोमबार १२:०८

सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुनको मूल्य ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड राखेको थियो । प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन भने प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ कायम भएको छ ।

Comment


Related News

Latest News

Trending News