अपडेट 
२०७९ चैत्र ८, बुधबार ०७:४४

समाजिक विभाजन मुख्यतः मानिसको जन्म कुल माथि आधारित हुन्छ । समान्यतयाः आफ्नो समुदाय छनौट गर्ने अधिकार हाम्रो वसमा हुदैन । खास गरी कुनै खास समुदायको खास परिवार÷कुलमा जन्मेकै कारण हामी त्यो समुदायको सदस्य हुने गर्दछौ । जन्म कुल माथि आधारित समाजिक विभाजन हामी हाम्रो दैनिकीमा अनुभव गर्ने गर्दछौ । महिला होस वा पुरुष, अग्लो होस वा होचो सवैको छालाको रँग फरक फरक हुने गर्दछ, सवै शारिरिक क्षमता वा असमक्षता फरक फरक हुने गरेको हामीले देख्दै आएका छौ, अनुभुति पनि हुने गरेको नै छ । तथापी सवै किसिमको समाजिक विभाजन सदैव जन्म कुलको आधारमा हुदैन । केहि चिज हाम्रो व्यक्तिगत ईच्छा र सोही अनुसारको छनौट प्रकृयाको कारणले पनि हुने गर्दछ । कति पय मानिसले आफ्नो कुल खानदान वा परिवारको विपरित आफ्नो ईच्छा अनुसारको धर्म अपनाउने गर्दछन् । हामी सवैले आफ्नो पढाईको विषय, पेशा, खेल वा साँस्कृतिक गतिविधीको छनौट आफ्नो ईच्छा अनुसार गर्ने गर्दछौ । यी सवै आधारमा पनि समाजिक समुह बन्दछ जुन जन्म कुलमा आधारित हुदैन ।

हरेक समाजिक विभिन्नताले समाजिक विभाजनको रुप नलिन नि सक्छ । यद्यपी समाजिक विभिन्नता मानव–मानव विच आपसि भेदभावको प्रमुख कारण त हुन सक्ला तर कतिपय अवस्थामा यसले अलग अलग समुदायको विच पुलको काम पनि गरेको हुन्छ । विभिन्न समुदायमा आवद्ध मानिसले आफ्नो समुदायको भ्यालुज र नर्मस वाहिर गएर पनि समानताको परिकल्पना र असमानताको तितो अनुभुति पनि लिई रहेको हुन सक्दछ । उदाहरणको लागी कार्लोस र स्मीथ त एक हिसाव (दुवै एफ्रो अमेरिकन)ले समान थिए जवकि नार्मन स्वेत थिए । तर यी तिनैमा एक किसिमको समानता के थियो भने यी तिनै नश्लीय भेदभावको कट्टु आलोचक थिए, विरोधी थिए । प्रायः जसो देखिएको यर्थात के हो भने कुनै विशेष धर्म मान्ने व्यक्तिहरु कुनै खास परिवार, समुदाय, जात, वर्ण, वर्ग वा लिङ्गका मात्र हुदैन्न ।अलग अलग धर्मको अनुयायी भएर पनि हामी मानव एक अर्काको ठुलो हिमायती, विश्वासी वा शुभचिन्तक हुन सक्ने सम्भावना उतिकै प्रवल हुन सक्दछ । फरक फरक सोंचका कारण एकै परिवारका धनि र गरिव सदस्यहरु बिच पनि घनिष्ठ सम्वन्ध नहुन नि सक्दछ । अतः यी र यस्तै कारणहरुले गर्दा हामी सवैको एक भन्दा बढी पहिचान हुने गर्दछ । एकै व्यक्ति एक भन्दा बढी समाजिक समूहको हिस्सा बन्न पुग्दछ । वास्तवमा छुट्टाछुट्टै सन्दर्भमा हाम्रो छुट्टाछुट्टै पहिचान हुने गर्दछ ।

विभिन्नतामा समान्जस्यता र टकराव

जव केही समाजिक अन्तर अन्य विभिन्नता भन्दा माथि र ठुलो हुन्छ तव समाजिक विभाजन हुन्छ । अमेरिकामा स्वेत र अश्वेतको अन्तर एक समाजिक विभाजन हो किन भने प्रायः अश्वेतहरु गरिव छन्, वेघर छन्, भेदभावका शिकार छन् । हाम्रो देशमा पनि प्रायः दलित गरिव र भुमिहिन छन् । प्रायः मधेशीहरु मुलप्रवाहीकरणवाट बहिष्कृत छन्, नागरिकता विहिन छन् । जब एक प्रकारको समाजिक अन्तरले अन्य अन्तर भन्दा बढि महत्व पाउँछ तव मानिसले आफु अन्य समुदायको रहेको महसुस गर्दछन् । आफु सँग भेदभाव हुने गरेको अनुभुति गर्दछन र समाजिक बिभाजनको स्थीति पैदा हुने गर्दछ । पेशागत सवालमा पनि जव कुनै खास पेशाले वढि महत्व पाउँछ तव समाजिक विभाजनको तुष रोपिन्छ । यदि एकै किसिमको समाजिक असमानता धेरै समाजिक समूहहरुमा देखियो भने विभिन्न समूहमा आवद्ध सदस्यहरुले छुट्टै पहिचान पाउन कठिन हुन सक्दछ । यसको मतलब के हो भने कुनै विशेष मुद्दामा विभिन्न समूहहरुको साझा अवधारणा हुन सक्दछ जबकी अन्य मुद्दामा भने फरक मत रहि रहन सक्दछ । उत्तरी आयरल्याण्ड र नेदरल्याण्डको उदाहरण लिन सकिन्छ । दुवै ईसाई वाहुल्य देश हुन तर यहाका जनता प्रोटेस्टेंट र क्याथोलिक खेमामा बाँडिएका छन् । उत्तरी आयरल्याण्डमा वर्ग र धर्मको बिच गहिरो समानता छ । यहाँका क्याथोलिक समुदाय गरिब छन् । लामो समय देखि उनिहरु सँग भेदभाव हुँदै आएको छ । यसको ठिक बिपरित नेदरल्याण्डमा वर्ग र धर्म बिच यसतो समानता देखिदैन । यहाँ प्रोटेस्टेंट र क्याथोलिक दुवै समुदायमा धनि र गरिब छन् । परिमाणतः उत्तरी आयरल्याण्डमा क्याथोलिक र प्रोटेस्टेंट बिच भयन्कर मारकाट चलि रहन्छ तर नेदरल्याण्डमा भने यो अवस्था छैन । यस मानेमा जब बिविध समाजिक विभिन्नता बिच भिडन्त हुन्छ तब परस्पर तिरस्कृत समाजिक बिभाजनको धरातल तयार हुने गर्दछ । तर जहाँ समाजिक बिभिन्नता एक साथ विभिन्न समूहमा विद्यमान हुन्छ त्याँहा समाजिक समानजस्यता कायम गर्न अपेक्षाकृत सजिलो हुन्छ । आज अधिकतम समाजमा धेरै किसिमका बिभाजन देखिन्छ । देश ठुलो होस या सानो यसले खासै फरक पर्दैन । भारत ठुलो देश हो । यहाँ धेरै समुदायका मानिसहरु बस्दछन् । नेपाल सानो देश भएता पनि यहा पनि धेरै समुदायका मानिसहरु बस्छन् । जर्मनी र स्वेडेन जस्तो समरुप समाज जहा अधिकाँश नागरिक एकै नश्ल र संस्कृतिका छन् त्याहा पनि दुनियाको अन्य देशबाट पुग्ने गैर नागरीकका कारण तिव्र गतिमा समाजिक बदलाव भई रहेको छ । यस विदेशी नागरिकहरुले आफु साथ आफ् नो सँस्कृति समेत भित्रयाउने गर्दछन् । आफ् नो छुट्टै समुदाय बनाउने प्रवृति बोकेका हुन्छन् । यस कारणले आज विश्वका अधिकाँश देशहरु बहु–साँस्कृतिक हुन पुगेका छन् ।

समाजिक बिभाजनको राजनिति

समाजिक बिभाजनले राजनितिलाई कसरी प्रभावित पार्दछ? राजनितिको समाजिक विभाजन देखि सम्वन्ध छ? पहिलो नजरमा राजनिति र समाजिक बिभाजन बिचको मेलजोल बहुतै खतरनाक र विष्फोटक लाग्न सक्छ । लोकतन्त्रमा बिभिन्न राजनैतिक दल बिच प्रतिष्पर्धि माहोल हुन्छ । अस्वस्थ्य प्रतिष्पर्धाको कारण कुनै पनि समाज बिभाजनको शिकार बन्न सक्दछ । यदि राजनैतिक दलले मौजुदा सामाजिक बिभाजनलाई अस्त्र बनाई राजनिति गर्ने हो भने समाजिक बिभाजन राजनैतिक बिभाजनमा परिणत हुन सक्दछ र देश बिखण्डन उन्मुख हुन सक्दछ । यसतो धेरै देशमा भई पनि सकेको छ । धार्मिक र जातिय बिभाजनको आधारमा शुरु भएको राजनैतिक होडले युगोस्लाविया कयौ टुक्रामा बिभाजन भएको छ । निश्कर्ष के हो भने राजनिति र समाजिक बिभाजन बिचको मेल प्रतिउत्पादक हुन सक्दछ । यी दुई आयाम बिच सक्भर मेल नभएकै राम्रो । अझ समाज कुनै किसिमले बिभाजन नहुनु नै सर्वश्रेष्ठ अवस्था हो । देशको आन्तरिक समाजिक बिभाजनलाई राजनितिकरण हुन नदिनु नै पुर्व सचेतता हो । तर यर्थातता के पनि हो भने समाजिक बिभाजनको हरेक अभिव्यक्तिले फुटको राजनितिलाई प्रश्रय दिएको हुदैन । हामीले देखेका छौ कि दुनियाको अधिकाँश देशमा कुनै न कुनै किसिमको समाजिक बिभाजन छ र यसतो बिभाजनले राजनैतिक पृष्ठपोषण पनि पाउने गरेको छ । लोकतन्त्रमा राजनैतिक दलले लागि समाजिक बिभाजनको कुरो गर्नु र विभिन्न बैचारिक समूह सँग अलग अलग प्रतिवद्धता जनाउनु स्वभाविक नै हो । बिभिन्न समुदायलाई उचित प्रतिनिधित्व गराउने प्रयास गर्नु र विभिन्न समुदायको उचित माँग र आवश्यकता पुरा गर्ने नीति बनाउनु पनि राजनैतिक कडिको हिस्सा हो । अधिकाँश देशमा मतदानको स्वरुप र समाजिक बिभाजन बिच प्रत्यक्ष सम्वन्ध देख्न सकिन्छ । फलतः कुनै खास समुदायको मानिसले कुनै खास राजनैतिक दललाई बढि मन पराएको देख्न सकिन्छ, भोट दिएको बुझ्न सकिन्छ ।

तिन आयाम समाजिक बिभाजन उपरको राजनितिकरणको परिणाम निम्नानुसारको तिन कुरो माथि निर्भर हुन सक्दछ

(क) आफ्नो पहिचानको लागि पुर्वाग्रही भावनाः जब हामी आफुलाई सवै भन्दा विशिष्ठ र अलग मान्न थाल्दछौ तव अरु सँगको सह– अस्तित्व, सहकार्य र समन्वय गर्न मुस्किल हुने गर्दछ । उदाहरणको लागि जब सम्म उत्तरी आयरल्याण्डका मानिसहरु आफुलाई प्रोटेस्टेंट र क्याथोलिकको रुपमा परिभाषित गरि रहन्छन् तव सम्म त्याहाँ शान्ति फगत कल्पना मात्र हुनेछ । जव मानिस आफ्नो वहुस्तरीय पहिचान प्रति सचेत रहन सक्छन् र आफुलाई राष्ट्रिय पहिचानको हिस्सा वा सहयोगी रुपमा प्रस्तुत गर्न सक्छन् तव कुनै समस्या हुदैन । बेल्जियमका अधिकाँश नागरिकले आफुलाई बेल्जियाई मान्छन् भले हि तिनले जर्मन वा डच बोलोस । त्यसैले उनिहरु साथ साथ रहन परस्पर सहयोग पाउँछन् । नेपालीहरु पनि आफ् नो पहिचानको लागि यस्तै विश्वास राख्दछन् । हामी पहिले नेपाली हौ, त्यस पछि मात्र कुनै प्रदेश, भुगोल, साम्प्रदाय, भाषा वा धार्मिक समुदायका सदस्य ।

(ख) राजनैतिक दल र समुदायको माँगः कुनै पनि राष्ट्रको लागि संवैधानिक व्यवस्था भित्र पर्ने अन्य समुदायको हितलाई असर नपर्ने कुनै खास समुदायको आवाजलाई सम्वोधन गर्न सहज हुन्छ । श्रीलँकामा “श्रीलँका केवल सिंहलियोको लागि मात्र भन्ने माँग तमिल समुदायको पहिचान र हित बिपरित थियो । युगोस्लोभियामा विभिन्न समुदायका नेताले आफ्नो जातिय समुहको तर्फबाट यस्तो माँगहरु राखेका थिए जुन एउटै देशको सिमा भित्र सम्वोधन गर्न असम्भव नै थियो । नेपालमा पनि “मधेश केवल मधेशीको लागि मात्र भन्ने मानसिकता त्यागेकै स्वस्थकर हुनेछ ।

(ग) सरकारको व्यवहारः समाजिक बिभाजनको सन्दर्भमा समुदायको माँग उपर सरकारको प्रतिकृया पनि महत्वपुर्ण पक्ष हो । सरकार यदि शासन सत्तामा साझेदारी गर्न तयार हुन्छ र अल्पसंख्यक समुदायको उचित माँग पुरा गर्न ईमन्दारीपुर्वक प्रतिवद्ध रहने हो भने समाजिक विभाजन मुलुकको लागि कदापी खतरा बन्न सक्दैन । सरकारले यदि राष्ट्रिय एकताको नाममा न्याँयोचित माँगहरुलाई नदर अन्दाज गर्छ वा भनौ दमनको नीति लिन्छ भने यसले अक्सर उल्टो र नुकसानदेह परिणाम निम्त्याउँदछ । सरकारी ताकतको आडमा एकता बनाई राख्ने कोशिश अकसर बिभाजन उन्मुख हुने गर्दछ ।

Comment


Related News

Latest News

Trending News