२०७९ चैत्र ८, बुधबार ११:४९

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधाममा निर्माणाधिन अन्तर्राष्ट्रिय रंगशालालाई सुविधा सम्पन्न बनाउन प्रदेश सरकार लागिपरेको बताएका छन् ।

बुधबार जनकपुरधाम उपमहानगपालिका–१४ रजौलस्थित निर्माणाधिन रंगशालाको निरीक्षण अवलोकन गर्दै मुख्यमन्त्री यादवले सो कुरा बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको अनुदान स्वरूप भारतीय एक सय करोड़ सँगै प्रदेश सरकारको तर्फबाट थप एक सय करोड़ रंगशाला निर्माणका लागि दिने घोषणासमेत उनले गरे ।

रंगशालालाई देशकै नमूना एवं सुविधा सम्पन्न रंगशाला बनाउनुको साथै आगामी अंतरराष्ट्रीय एघारौ खेलकूद (मिनी ओलिम्पिक) को आयोजना गराउने पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

निरीक्षणको क्रममा मधेश प्रदेशका सांसद दीपेन्द्र ठाकुरले रंगशाला निर्माणको लागि आफूले हरतरहले काम गर्न लागिपरेको उल्लेख गरे ।

करातेका प्रशिक्षक समेत रहेका सांसद ठाकुरले भने,‘युवाहरुलाई खेल तर्फ आकर्षित गर्न रंगशालाको निर्माण यथाशीघ्र हुनु पर्छ र यसको लागि सबै पक्षले सहयोग गर्नु पर्छ ।’

निरीक्षणको क्रममा यस रंगशाला निर्माण तथा त्यहाँ मेयर क्रिकेट कपको प्रयोगिता आयोजनाका लागि शुरुदेखि नै सहयोग गर्दै आएका जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोज साह प्रदेशसभा सदस्य शेष नारायण यादव, जिल्ला प्रहरी कार्यालयका प्रमुख, विभिन्न वार्डका वड़ा अध्यक्षहरु ,युवा तथा खेलकूद प्रेमी, रजौल सेवा समितिका पदाधिकारीहरुको लगायतको सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News