अपडेट 
२०७९ चैत्र ८, बुधबार १८:२६

जनता समाजवादी पार्टी (जसपा)ले उपनिर्वाचनका लागि उमेदवारहरूको नाम सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चैत १५ भित्र तीनजनाको नाम सिफारिस गरी पठाउन निर्देशन दिने निर्णय गरेको जसपा नेता प्रकाश अधिकारीले जानकारी दिए ।

आगामी वैशाख १० गते रिक्त रहेका बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि चैत २० गते उमेदवारी मनोनयन गर्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ । त्यस्तै, चैत १२ भित्र दल दर्ता गर्न निर्वाचन आयोगले सूचना जारी गरेको छ ।

Comment

Related News