अपडेट 
२०७९ चैत्र ८, बुधबार २०:४०

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र सचिव घुसको रकम सहित पक्राउ परेका छन ।

जनकपुरधामको विवाह मण्डप पछाडि रहेको एक होटलबाट वडा नं ११ का वडा अध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस सहित पक्राउ परेका हुन ।

अख्तियार सहित प्रहरीको टोलीले दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाईएको छ ।

थप विवरण आउन बाँकी ।

Comment

Related News