अपडेट 
२०७९ चैत्र ९, बिहीबार ०७:२७

सप्तरीको एक विद्यालयमा ७ किलोको अजिङ्गर फेला परेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ जोगिनियास्थित योगिनी राष्ट्रिय विद्यालयमा बुधबार बिहान ११ बजे उक्त अजिङ्गर प्रहरीले फेला पारेको छ । अजिङ्गरको लम्बाई झण्डै ९ फिट रहेको प्रहरीले जनाएको छ । विद्यालय परिसरमा अजिङ्गर देखेपछि विद्यार्थी र शिक्षकमा त्रास फैलिएको थियो । प्रहरीले उक्त अजिङ्गर नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले डिभिजन वन कार्यालयको समन्वयमा अजिङ्गरको व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिए । अजिङ्गर हेर्न विद्यालयका छात्रछात्राका साथै आसपासका बासिन्दाहरुको भीड लागेको थियो ।

Comment


Related News

Latest News

Trending News