अपडेट 
२०७९ चैत्र ९, बिहीबार ०७:३६

राजर्षि जनक विश्वविद्यालयको जनकपुरधामस्थित आंगिक क्याम्पसमा कार्यरत कन्ट्रयाक्ट शिक्षकहरुले षडयन्त्रपूर्वक हाजिरी काट्ने कर्मचारीमाथि कारबाहीको माग गरेका छन् ।

कर्मचारी संघ केन्द्रीय समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हाजिरी काट्ने कर्मचारीद्वयमाथि कारबाहीको माग गरेका छन् । विश्वविद्यालयको लेखा शाखामा कार्यरत कर्मचारी रजनीश कुमार यादव र कार्यालय सहयोगी राजेश झाले मंगलबार शिक्षकहरुको हाजिरी काटेको आरोप लगाउँदै उनीहरुमाथि कारबाहीको माग गरेका छन् । कन्ट्रयाक्ट शिक्षकहरुको फागुन २१ देखि चैत ७ गतेसम्मको हाजिरी काटेको आरोप कर्मचारीहरुले लगाएका छन् ।

कन्ट्रायक्ट शिक्षक संघका कार्यवाहक सभापति प्रशान्त कुमार झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘हाजिरी काटेको सम्बन्धमा सीसीटीभी क्याम्परमा रेकर्ड भएको दोषी शिक्षकहरुलाई ढाकछोप गर्ने उद्देश्यले विश्वविद्यालय क्याम्पसमा कार्यरत कर्मचारीहरुमाथि बिना आधार गाली गलौज गरी अभद्र शैलीमा प्रस्तुत भएको प्रति घोर निन्दा गर्दछौं ।’ दोषी उपर कारबाही नभए सम्म विश्वविद्यालय अन्तर्गतको निकायहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई बिहीबारदेखि केन्द्रीय कार्यालयमा धर्नामा बस्ने जानकारी समेत विज्ञप्ति मार्फत दिइएको छ । षडयन्त्रपूर्वक हाजिरी काटेको र सोको दृष्य सीसीटीभीमा रेकर्ड हुँदा पनि कारबाही नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत कार्यवाहक सभापति झाले दिएका छन् । कन्ट्रयाक्ट शिक्षकहरुसंग पटक–पटक यस प्रकारले दुख दिने काम हुँदै आएको गुनासो समेत उनले पोखे । यस प्रकारको गतिविधि तत्काल बन्द हुनु पर्ने माग समेत उनले गरे ।

Comment


Related News

Latest News

Trending News