अपडेट 
२०७९ चैत्र ९, बिहीबार १९:४८

जनकपुरधाममा जारी फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिक कलेजले जितेको छ । विहीबार बाह्रविघा मैदानमा भएको फाइनल खेलमा उक विकेटले विपी मिमोरियल कलेजलाई पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर विपी मिमोरियलका खेलाडी सुरुमा ब्याटिङ रोजेका थिए । यस टिमका खेलाडीहरु १९ ओभर चार बलमा सबै विकेट गुमाएर मोनाष्टिक समक्ष एक सय एक रनको लक्ष्य प्रस्तुत गरेका थिए । विपीका लागि पवन सराफले ३२ र केशव झाले २१ रन जोडेका थिए । मोनाष्टिकका लागि सिद्धान्त लोहनीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा मात्र १३ रन खर्चेर चार विकेट लिए भने रुपेश सिंहले एक मेडन सहित चार ओभरमा मात्र सात रन खर्चेर दुई विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेका मोनाष्टिकले १८ ओभर चार बलमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेका थिए । विपीका लागि रञ्जित यादवले २२ र सिद्धान्त लोहनीले २१ रनको योगदान दिए । विपीका लागि बलिङ गरेका पवन सराफले २ र राहुल प्रसाद चौधरलिे दुई विकेट लिए । यस खेलको म्यान अफ दी म्याच मोनाष्टिकको तर्फबाट सिद्धान्त लोहनी घोषित भए ।

प्रतियोगिताको एर्मजिङ प्लेयर मिट कलेजका तेजस मण्डल, बेस्ट बलर र म्यान अफ द सीरिज विपीका अखिलेश ठाकुर भएका थिए । समग्र प्रतियोगितामा ठाकुरको प्रर्दशन उत्कृष्ट भएको आयोजक संस्थाले औल्याएका छन् । यस्तै, वेस्ट किपर राजर्षी क्यामप्सका अकबर अलि, क्याच अफ द टुर्नामेन्ट विक्रान्त यादव, वेस्ट फिल्डर नागेन्द्र अधिकारी र फेयर प्लेयर मिट कलेजका खेलाडीलाई दिइएको थियो ।

Comment


Related News

Latest News

Trending News