२०७९ चैत्र १०, शुक्रबार ०७:१०

केन्द्रमा बनेको नयाँ गठबन्धनको कारण प्रदेशमा एमाले सरकार हटाउने क्रमसँगै मधेश प्रदेशमा कांग्रेसले सभामुख पदलाई लक्ष्य बनाएको छ ।

जनता समाजवादी पार्टी( जसपा)का नेता सरोज कुमार यादवको नेतृत्वमा एमाले सम्मिलित सरकार रहेको छ । एमालेले सरकारबाट नहट्ने प्रतिक्रिया जनाइसकेको छ । अन्य प्रदेशमा एमालेलाई हटाउने क्रम सुरु भइसकेकाले मधेश प्रदेशमा पनि हटाइने नेकांका नेताहरुले जनाएका छन् । मधेश प्रदेश सभामा एमालेका २३ जना सभासद छन् । त्यति सभासदको भरमा सभामुख राख्न नसकिने कांग्रेसका नेताहरुले जोड दिएका छन् । एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई पदीय मर्यादा अनुकूलको आचरण नगरेको अभियोग लगाउने आन्तरिक तयारीमा कांग्रेस जुटेको छ । अभियोग लगाउनु अगावै सभामुखले राजीनामा दिने एमाले स्रोतले जनाएका छन् ।



सभामुख हटाउन प्रदेश सभामा चाहिने २ तिहाई भन्दा धेरै बढी संख्या विपक्षमा रहेकाले सामना गर्न मुश्किल रहेको एमालेका नेताहरुको कथन छ । सभामुखलाई हाल सम्म हटाइएको घटना नेपालमा नभएको उल्लेख गर्दै एमालेका नेताहरुले सत्तागठबन्धनले यहाँ पनि त्यसो नगर्ने विश्वास व्यक्त गरेका छन् । कांग्रेसबाट सभामुखका उम्मेदवार बनेका जंगीलाल यादवले लविंग सुरु गरिसकेका छन् । स्रोतका अनुसार उनले यस विषयमा जसपाका अध्यक्ष उपेन्द्र यादवसित भेटेर छलफल गरिसकेका छन् ।

आगामी हप्ता मधेश प्रदेश सरकारमा समेत उथलपुथल हुन सक्ने स्रोतहरुले जनाएका छन् । एमालेलाई हटाएर सरकारमा कांग्रेस र नेकपा एसलाई सहभागी गराइने नेताहरुले जनाएका छन् । जनमत पार्टीबारे तत्काल निर्णय नहुने स्रोतले जनाए ।

Comment


Related News

Latest News

Trending News