२०७९ चैत्र १०, शुक्रबार ०७:३२

लामो समय नेकपा एमाले पार्टीमा बिताएका मधेश प्रदेश कमिटी सदस्य राजदेव प्रसाद यादब जनता समाजवादी पार्टी( जसपा) मा प्रबेश गरेका छन् ।

जसपाको केन्द्रीय कार्यालय बालकुमारी काठमाण्डुमा आयोजना गरिएको एक कार्यक्रमकाबीच जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादबले राजदेव यादबलाई जसपामा प्रबेश गराएका छन् । निजामती सेवामा रहँदा एमाले निकट कर्मचारी सङ्गठनमा रहेका यादब वन तथा बाताबरण बिभागका केन्द्रिय सदस्य थिए । बि.स.२०३५ साल देखि माले हुँदै एमालेको बिभिन्न संघसङ् गठनमा सक्रिय यादब बाराको सुवर्ण गाउँपालिका वडा नं.२ कबही गोठ निवासी छन् । नेकपा एमाले नीति र बिधान अनुरुप चल्ने नसकेका कारण आफनो सही मुल्याङ्कन हुन नसक्दा पार्टी परित्याग गरेको यादबले बताए ।

जसपा अध्यक्ष उपेन्द्र यादब बारा क्षेत्र नं.२ मा हुने उप निर्वाचन लड्ने तयारीमा छन् । राजदेव प्रसाद यादबले बारा क्षेत्र नं.२ मा जसपा अध्यक्ष यादब लड्ने तयारीमा छन् । उनलाई नै आफूले निर्वाचनमा सहयोग गर्ने बताए । यता, शनिवार बारामा उपेन्द्र यादवको प्रमुख आतिथ्यमा मधेश प्रदेश स्तरीय प्रवेश कार्यक्रम रहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News