
जनकपुरधाममा धुम्रपान तथा सुर्तिजन्यपदार्थको सेवनवाट उत्पन्न रोगको रोग रोकथाम, नियण्त्रण, निदान र उपचार सम्बन्धी जनचेतनामुलकक कार्यक्रम सम्पन्न भएको छ ।
मधेशी दलित गैर सरकारी संस्था महासंघले बिहीबार जनकपुरधाममा धुम्रपान तथा सुर्तिजन्यपदार्थको उपभोगबाट उत्पन्न हुने रोगको रोकथाम र उपचार सम्बन्धी सडक नाटक तथा उपमहानगर स्तरीय छलफल र अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य कर कोषको सहयोगमा जनसमुदायमा धुम्रपान तथा सुर्तिजन्यपदार्थको सेवन गर्नुहुन्न भन्ने जनचेतना फैलाउन जनकपुरधामको विभिन्न चोकमा सडक नाटक देखाउनुको साथै जनकपुरधामका मेयर मनोज कुमार साह, जनकपुरधाम उपमहानगपालिकाका वडाअध्यक्ष, सञ्चारकर्मी, जनसमुदाय बीच अन्तरक्रिया र छलफल गरिएको संस्थाका अध्यक्ष नरेन्द्र पासवानले जानकारी दिए । उनले हाललाई यो कार्यक्रम धनुषामा गरेतापनि आगामी दिनमा नेपाल सरकारले पुनः सहयोग गरे मधेश प्रदेशको बाँकी जिल्लाहरुमा पनि यस्तै जनचेतनामुलक कार्यक्रमहरु गर्ने बताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले धुम्रपान तथा सुर्तिजन्यपदार्थको प्रयोग कम गर्न स्वयम जागरुक हुनुपर्ने बताए । उनले आफूस्वयम जागरुक नहुन्जेलसम्म धुम्रपान तथा सुर्तिजन्यपदार्थको लतबाट मुक्त हुन नसक्ने बताए । खास गरी आफ्नो बालबालिकाहरुलाई यो लतबाट टाढा राख्न घरको अभिभावकको निगरानी आवश्यक रहेको मेयर साहले बताए । उनले धुम्रपान तथा