अपडेट 
२०७९ चैत्र १०, शुक्रबार ०७:५६

परिचयः

सोहजनमोरिङ्गेसी परिवारमा पर्ने नेपालको तराई मधेश तथा मध्य पहाडमा छिटो तैयार हुने एक बनस्पति हो । यो एक अति नै पोषणयुक्त तरकारीको रुपमा चिनीने रुख हो । यसको फल अथवा हरियो कोशा सबै भन्दा बढी प्रयोगमा आउने भाग हो । यसको पातबाट अचार, साग जस्ता विभीन्न परिकारहरु बनाईन्छ । यो विभिन्न देशमा विभिन्न नामले चिनिन्छ । यसलाई ड्रम पिट्ने लठी जस्तो भएकोले अंग्रेजीमाम्चगm कतष्अपभनिन्छ तथा जराको गन्धमूलाको जस्तो भएकोले ज्यचकभचबमष्कजपनि भनिन्छ । दक्षिणी भारतमामोरिङ्गा, नेपालको मधेश तराईमा सोहजन, सहजन, मुन्गा र पहाडमा शितलचिनीनाम तथा संस्कृत भाषामा सिग्रु ९क्ष्नचग० भनिन्छ । सिग्रुको शाब्दिक अर्थ तिक्ष्ण गुण हो । यसलाई शोभाञ्जना जसको अर्थ सजाउने बोट हो ।

सोहजनलाई बाइबलको आयुर्वेदका ग्रन्थहरुमा मोकाका (ःयअबपब) पर्यायवाची शब्दको रुपमा भनिएको छ, जस्को अर्थ रोगहरुबाट मूक्त बनाउनु हो । हिन्दुहरुको धर्मशास्त्र अनुसार राम बनबासमा जाने बेला सीताले रामलाई सोहजन पकाएर खुवाएको किंवदन्ती छ । यसकाविभिन्नप्रजातीहरु मध्ये मोरिङ्गाओलिफेरा बढी लाभदायकतथाचमत्कारी मानिन्छ । यसको फाईदा हजारौ वर्षदेखि भारत, अफ्रिका तथा फिलिपिन्सका नागरीकहरु यसको फाईदा लिई रहेको छ । यसमा सुन्तलामा भन्दा ७ गुणा बढी भिटामीन सी, गाजरमा भन्दा ४ गुणा बढी भिटामीन ए, अंडामा भन्दा ३६ गुणा बढी म्यागनेसियम, पालुगोंमा भन्दा २५ गुणा बढी फलाम, बदाममा भन्दा ५० गुणा बढी भिटामिन बी ३ र केरामा भन्दा ५० गुणा बढी भिटामिन बी २ पाईन्छ । यसको पौष्टिक, औषधीय, औद्योगिक, वातावरणीय, सामाजीक, साँस्कृतिक तथा आर्थिक महत्व असाध्यै भएता पनि नेपालमा अपहेलित बालीको दर्जामा रहेको हो । यसको उत्पति हिमालयको दक्षिणी भेक संभवतः भारतमा भएको मानिन्छ ।मोरिङ्गा भन्ने शब्द भारतको तामिल भाषाबाट आएको हो ।

उक्त भाषामा सोहजनलाई मुरुङ्गाई भन्ने गर्दछ । यो मोरिङ्गेसी परिवारमा पर्ने एक मात्र जीनस मोरिङ्गाको १३वटा स्पेसीस जस्तैः आरबोरीया ९बचदयचभब० केन्याको रैथाने, रिभिया ९चष्खबभ० केन्या र ईथियोपियाको, बोरजिएना९दयचशष्बलब० सोमालिया र केन्याको, पिग्मिया ९उथनmबभब० सोामालियाको, लौङ्गिट्युबा९यिलनष्तगदब ० केन्या, ईथियोपिया र सोमालियाको, स्टेनोपेटाला९कतभलयउभतबबि० केन्या र ईथियोपियाको, रसपोलियना९चगकउयष्बिलब० ईथियोपियाको, ओभालिफोलिया ९यखबषियष्बि० नामिबिया र अंगोलाको, ड्रौहारडी ९मचयगजबचमष्ष्० तथा हिल्डेब्रान्डी ९जष्मिभदचबलमष्० मादागास्करको र पेरेग्राइन९उभचभनचष्लभ० रेड सी तथा हर्न अफ्रिकाको, कन्केनेनसिस ९अयलअबलभलकष्क० र ओलिफेरा ९यभिषभचब० उत्तर भारतको हिमालय फेंदको भागका रैथाने जातहरु हुन । यिनीहरु मध्ये ओलिफेरा स्पेसीसको बढी उपयोग तथा अध्ययन भएको छ । मोरिङ्गा भारतमा उत्पति भई विस्तारै एसिया तथा अफ्रिकामा फैलिएको मानिन्छ । परापूर्वकालमा ईजिप्ट, ग्रीक तथा रोमनबासीहरुमोरिङ्गाको रुखबाट तेल निकाली औषधी, ईत्तर तथा तेलको रुपमा प्रयोग गरेको विश्वास गरिन्छ । आजकाल यो अफ्रिका, एसिया, क्यारेबियन, प्रशान्त टापुहरु तथा दक्षिणि अमेरीकाका ग्रीष्म क्षेत्रहरुमा पाईन्छ ।

नेपालमा अवस्था

संसारमा चमत्कारी रुखको उपनामले विश्वमा ख्याती कमाएको मोरिङ्गाको नेपालमा भन्ने अहिलेसम्म पनि व्यावसायिक रुपमा कही पनि खेती गरिएको थिएन । तराई मधेशतिर सामान्य रुपमा हरेक घरको वरिपरि २–४ वटा मोरिंगाका बोटहरु देख्न पाईन्छ । हाल दुई चार साल देखि यसको महत्व तथा पौष्टिक गुणबारे विभिन्न पत्र पत्रिकामा प्रचार प्रसारमा आएपछियसको खेती केही जिल्लाहरु (उदयपुर, झापा, चितवन, काभ्रे, पर्वत, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, काठमाडौं) मा उद्देश्य र लक्ष्य अनुसार केही परिमाणमा सामुदायिक परियोजनामा वा साना व्यवसायको रुपमा वा परिवार तहमाशुरुआत भएको छ । नेपाल सरकारका काभ्रेको पाँचखालमा फलफूल फर्म, निजि तथा सहकारी क्षेत्रहरुले बीउ तथा बेर्ना उत्पादन गरी विक्री वितरण गरि रहेको पाईन्छ । तर नेपालको तथ्यांकमा यसको खासै उल्लेख भएको पाईदैन । नेपालमा मोरिङ्गाको कलिलो कोसालाई बिक्री गर्न थालिएको भएता पनि यसको अन्य भागहरुको उपयोगिता बारे आम कृषकहरु अनभिज्ञ नै छन् । यसले अझै पनि हाम्रो देशमा व्यावसायिक महत्व पाउन सकेको छैन् ।

चैत्र महिना देखि करिब २ महिनासम्म बजारमा उपलब्ध हुने यसको कोसाहरु रु.१५०–२५० प्रति के.जी.का दरले खुद्रा मूल्यमा सजिलैसंग बिक्री भएको पाईएता पनि यसको व्यावसायिक खेतीमा सरोकारवालाहरुको ध्यान नजानु अचम्मै मानिन्छ । हाम्रो हावापानीमा सामान्य रुपमा नै सजिलैसंग खेती गर्न सकिने बहुपयोगी यो रुखको बारेमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लगायत कृषि मन्त्रालय वा वन मन्त्रालय अन्र्तगतका विभिन्न निकायहरुमा समेत खासै अनुसंधान तथा विकासको महत्वमा नपर्नु झनै अचम्मको विषय हो । पोषण र खाद्य सुरक्षाको नारा लगाउने तथा पैरबी गर्ने गैह« सरकारी तथा सरकारी निकायहरुका कार्यक्रम, योजना परियोजनाहरुले प्राथमिकता नपरेको अवस्था छ । विगत केही वर्ष देखी अष्ट्रिच नेपाल प्रा.लि.ले सेनेगलबाट बीउ ल्याएर यसको व्यावसायिक उत्पादन शुरु गरेको छ । यसको पातमा पाइने प्रोटिन लगायत अन्य विभिन्न किसीमका पोषणतत्वका कारण अष्ट्रिचको लागि पूरक पोषणको रुपमा मोरिंगाको पातको प्रयोग भइरहेको छ । अन्नपूर्णा हर्वल प्रा.लि. गोरुसिगें तथा पशुपति हर्वल प्रा.लि. बुटवलले पातको विभिन्न प्रशोधित वस्तुहरु बनाएर विक्री गरिरहेको छ । हालमा बुटवलमा एकीकृत औरगानिक कृषि फार्म प्रा.लि.का संचालक झविन्द्र पौडेलले ३ बिग्हामा खेती गरि राम्रो आम्दानी लिने गर्नु भएको छ । तराइ मधेशमा प्रचुर संभावना भएकोमोरिङ्गाको प्रचार प्रसार, उत्पादन, प्रशोधन तथा बजारीकरणमा खासै सघन तथा गहकिलो प्रयास देखिएको पाईदैन ।

आ.व.२०७८।०७९को बजेट भाषणमा मोरिङ्गा लगायत ओल, मेवालाई समेटी रातोकितावमा आउँदा मोरिङ्गाप्रेमीहरु साह्रै उत्साहित भएको थियो । यसलाई कोशी प्रदेशको तराई तथा भित्रिमधेश, मधेश प्रदेशको सबै भूभाग, बागमती प्रदेशको तराई तथा भित्रिमधेश, लुम्बिनि प्रदेशको तराई तथा भित्रिमधेश, कर्णालीको भित्रिमधेश र सुदूरपश्चिम प्रदेशकोतराई तथा भित्रिमधेशमा राम्ररी उत्पादन दिने रुखबालीलाई संघीय, प्रादेशिक तथा स्थानीय सरकारहरुले यसमा कार्यक्रम र बजेट बनाई कृषकहरुको आम्दानी बढाउन, कुपोषण घटाउन, निरोगी बनाउन लगानी गर्नु पर्ने नितान्त आवश्यक देखिन्छ । यस विषयमा अझै स्थानीय स्तरमा महत्व बढाउन अनसंधान केन्द्र तथा शैक्षिक संस्थानहरुले थप अध्ययन, अनुसंधान गर्न पनि खाँचो रहेको छ । विश्वका विभिन्न मुलुकहरुमा मोरिङ्गालाई कुपोषण विरुद्धको अचुक वाणको रुपमा चित्रित गरिसक्दा पनि हामी बिच यसको खेती, उपयोगिता बारे खासै चर्चा भएको नपाइएकोले सो सम्बन्धि जानकारी उपलब्ध गराउन चमत्कारी रुख अर्थात सोहजन (मोरिङ्गा ओलिफेरा)को बारे जानकारी मुलक प्रयास लेखकले पुस्तिका प्रस्तुत गरिएको छ ।

Comment


Related News

Latest News

Trending News