२०७९ चैत्र १०, शुक्रबार १५:१३

नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ।

प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले राजीनामा दिएको जानकारी गराएका हुन्।

उनले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सदनमै राजीनामा बुझाएका छन्। थपलियाले अब एमाले प्रतिपक्षमा बस्ने बताए।

उनले आफूहरू सशक्त प्रतिपक्षको भूमिकामा रहने भएकाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताए।

प्रदेश सरकारमा एमालेबाट थपलियासँगै, श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी मन्त्री केशवप्रसाद पोखरेल छन्।

राप्रपाका तर्फबाट सहभागी मन्त्रीहरुले फागुन १३ गते राजीनामा दिइसकेका छन्। राप्रपाले सरकार छाडेपछि मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

Comment

Related News

Latest News

Trending News