अपडेट 
२०७९ चैत्र ११, शनिबार ०७:४९

राष्ट्रपति चुनावमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई कुममा कुम जोडेर मतदान गरेका जनता समाजवादी पार्टी,जनमत पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी उपराष्ट्रपति निर्वाचनमा रामसहाय प्रसाद यादव र ममता झालाई मतदान गर्ने बेला दुई तिर फर्किए । दुई कित्तामा विभाजित भए । जनमत,लोसपा र नागरिक उन्मुक्ति पार्टी ममता झाको पक्षमा उभिए भन्ने कांग्रेस, माओवादी,एकीकृत समाजवादी पार्टीसहितका सत्तागठबन्धनसंग जसपाले सहकार्य ग¥यो । अन्ततः जसपा नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भए । उपराष्ट्रपति पदमा यादव वा ममतामध्ये जो जितेपनि मधेश प्रशन्न हुन्थे । कथंकदाचित दुबै हारेको भए दुःखी हुन्थे । मधेशवादी दल र मधेशवादी नेताहरु विभाजित भए पनि मधेशको मनोविज्ञान भने अझै पनि विभाजित छ ।

दुर्भाग्य, जति हण्टर खाए पनि मधेशवादी दलका नेताहरु मधेशको मनोविज्ञान बुझ्न सकेका छैनन् । राष्ट्रपतिको निर्वाचनमा कुमकुममा कुम जोडेर मतदान गरेका मधेशवादी दलका नेताहरु आफ्नै मूलका उपराष्ट्रपतिको निर्वाचनमा किन विभाजित भए ? यस सवालको जवाफ आम मधेशीलाई चाहिन्छ । मधेशवादी दलहरुको मुद्दा मिल्छ । जात मिल्छ । संस्कृति मिल्छ । भोट बैंक मिल्छ । अनि मन किन मिल्दैन ? पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्न खुट्टा उचालेर बसेका चारवटै मधेशवादी दलका नेताहरु रामसहाय प्रसाद यादव अथवा ममता झालाई मतदान गर्ने विषयमा किन फरक फरक धु्रवमा उभिन्छन् ? मधेशी मूलका नेताहरुको राजनीतिक उद्देश्य मधेशको हक हित हो कि आपसी वैमनस्यता साध्ने साधन ? सत्तागठबन्धन दलहरु बीच भएको समझौता ओपेन सेक्रेट जस्तै हो – रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बारा २ को संसदीय सिट खाली गराउँने अनि बैशाख १० गते हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई त्यही सिटबाट उम्मेदवार बनाएर संसद पु¥याउने । सत्तागठबन्धन दलले चाह्दैमा कुनै उम्मेदवार जित्ने र हार्ने होईन । चुनावी प्रतिस्पर्धा हुने नै भए । अनि चुनावमा प्रतिस्पर्धा गर्न सबैको अधिकार हुन्छ । जनता जसलाई पत्याउँछन ऊ सांसद बन्ने हो । तर उपेन्द्र यादवको पक्ष र विपक्षमा जुन किसिमको साईवर एटेक हुदै छ , त्यो मधेशी समाजलाई दुई कित्तामा विभाजित गरेको छ ।

जनमत पार्टीका अध्यक्ष डा.सिके राउत बारामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपेन्द्र विरुद्ध दिनु भएको अभिव्यक्ति अचेल सामाजिक सञ्जालमा भाईरल बनेको छ । बारावासीसंग उनले अपिल नै गरेका छन् – बारामा कोई माईकालाल छैन जो चुनावमा प्रतिस्पर्धा गरोस् । बाराबाट उपेन्द्र जितोस् , राजेन्द्र महतो जितोस् वा रामसहाय प्रसाद यादवजस्तै कुनै अन्य रैथाने नेता सांसद बनोस् । यो बहसको विषय होईन , कारण यस अघि पनि भनि सकिएको छ – चुनावी प्रतिस्पर्धामा कुनै दलका कुनै पनि नेता जित्न सक्छन् । कुरा पात्रको होईन प्रवृतिको हो । आखिर के कारण हो –सिकेजीलाई उपेन्द्र जी मन नपराएको ? सप्तरीबाट दुबै जना चुनावी प्रतिस्पर्धा गर्नु भयो । सिके जी जित्नु भयो अनि उपेन्द्रजी हार्नु भयो । सकिगो नि । जसपा अध्यक्ष उपेन्द्र यादव मधेश आन्दोलनका नायक हुन् भन्ने जनमत पार्टीका अध्यक्ष डा.सिके राउत ऐसो आरामको कर्पोरेट जीवन त्यागेर मधेशलाई अधिकार सम्पन्न बनाउन राजनीतिको कालो कोठरीमा छिरेका उर्जावान नेता हुन् ।

दुबैको अ–आफ्नै दृष्टि छ । राजनीतिक दर्शन छ तर दुबैको अन्तिम लक्ष्य भनेको मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउनु नै हो । लक्ष्य मिल्नेसंग यस हदसम्मको प्रतिस्पर्धाको कारण अवश्य पनि विशिष्ट खालकै हुनु पर्दछ । तर सतहमा देखिने राजनीतिबारे बुझ्न वा अनुमान गर्न सजिलो हुन्छ । भित्रको गाथा बुझ्न कठिन । मधेशी जनतालाई सिके राउत पनि चाहिएको थियो र उपेन्द्र यादव पनि । राजेन्द्र महतो पनि चाहिएको थियो र महेन्द्र राय यादव पनि । शरद सिंह भण्डारी पनि चाहिएको थियो र डा.विजयकुमार सिंह पनि तर सम्भव भएन । एउटै स्थानबाट प्रतिस्पर्धा गरेपछि एकको हार सुनिश्चित हुन्छ । बारा २ को चुनावबाट विगतको चुनावमा संसद पुग्नबाट वंचित भएका कोही एक नेताको प्रवेश सुनिश्चित होस भन्ने मधेशको चाहना छ ।

Comment


Related News

Latest News

Trending News