२०७९ चैत्र ११, शनिबार ०७:५२

सर्लाहीको बागमती नदी किनारमा अवस्थित नव– निर्मित भरततालमा चहलपहल ह्वातै बढेको छ । बागमती खोला किनारमा निरन्तर बहने चिसो हावाका कारण गर्मीबाट छुटकारा पाउन तालमा जानेहरुको संख्या बढेको छ ।

भरततालस्थित बोट व्यवसायी संघका सदस्य रामकाजी थापाले गर्मी सुरु भएपछि रमाउन आउने बाह्य तथा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको वताए । उनले अहिले सरदर चार हजार बढीले भरततालको सौन्दर्य नियाल्ने गरेको जानकारी दिए । शुक्रवार मोटरबोट चढ्न तालको किनारमा भेटिएका विहार सीतामढीका शिवशंकर गुप्ताले भरतताल तथा रौतहट जिल्लाको नुनथर पहाड घुम्न आफ्नो परिवारका साथ आएको वताए । उनले भने– ‘आफ् नो मुलुकमा मोटरबोट चढ्न मुम्बईको गोवा पुग्नुपर्ने बाध्यता रहेको छ ।’ ‘यति ठूलो तालमा मोटरबोट चढेर बिहार गर्दा आफू सामुद्रिक यात्रामा रहेको भान हुन्छ’, भरतताल छेउमा पसल सञ्चालन गरी बसेका लालबन्दी नगरपालिका–६ का ज्ञानवहादुर वाईवाले भने–‘ मोटरबाटले पानीजहाज चढ्ने धोको पुर्याइ दिएको छ ।’ अहिले तालमा २८ सीट क्षमताको ३० मोटरबोट र ६५ सीट क्षमताको एउटा आधुनिक मिनि क्रुजले बाह्य तथा आन्तरिक पर्यटकहरुलाई सेवा दिइ रहेको छ ।

झन्डै एक सय विग्हा क्षेत्रफलको ओगटेको यस तालमा सयौको संख्यामा झुण्ड बनाइ आउने पानी हाँसले थप सौन्दर्य बढाइ रहेको छ । ताल वरपर घोडचढी सेवासमेत सुरु गरिएको छ । सिंगारिएको घोडा चढ्न र तस्वीर खिचाउन प्रायः युवायुवतीहरुको घुईचो देखिने गरेको छ । बागमती नगरपालिकालाई मोटरबोट सञ्चालन गरेबापत दैनिक १५–२० हजार रुपैयाँ राजस्व तिर्ने गरिएको जानकारी दिँदै बोट व्यवसायी संघका सदस्य रामकाजी थापाले भने, ‘सिजनमा एक लाख रुपैयाँसम्म राजस्व तिरेका छौ ।’ भरततालमा घुम्न आउने पर्यटकहरुको पहिलो रोजाई मोटरबोट चढ्ने हुने गरेको स्थानीय पत्रकार श्रवण थापाको भनाइ छ । उनका अनुसार, त्यसपछि तस्वीर खिचाउने र मम, चाउमिनको स्वाद लिदै ताललाई नियाल्ने गरेको छ ।

तालको छेउछाउमा ५० जनाभन्दा वढी क्यामरा बोकेका व्यक्तिहरु भेटिने गरेका छन् । क्यामरा बोकेर सेवाग्राहीको पर्खाईमा रहेका स्थनीय सुजितकुमार साहले विभिन्न पोजमा युवायुवतीहरुले तस्वीर खिचाउन मनपराउने गरेको वताए । उनले तस्वीर खिचेर दैनिक सरदर दुई हजार रुपैयाँसम्म कमाई हुने गरेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News