अपडेट 
२०७९ चैत्र ११, शनिबार ०७:५६

चालु आर्थिक वर्षको ८ महिना पूरा भइसक्दा पनि जनकपुर भन्सार कार्यालय जनकपुरधामले लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल देखिएको छ ।

चालु आर्थिक वर्षको वार्षिक लक्ष्य ४९ करोड ४४ लाख ५२ हजार रहेको जनकपुर भन्सार कार्यालयले फागुन मसान्त सम्म २२ करोड ७ लाख ४४ हजार ९ सय ७५ रुपैयाँ राजस्व असुली गरेको छ । अर्थात चालु आर्थिक वर्षको ८ महिना सम्ममा पनि भन्सार कार्यालयले ५० प्रतिशत पनि राजस्व संकलन गर्न सकेको छैन । गत वर्ष पनि जनकपुर भन्सार कार्यालयले वार्षिक लक्ष्य पूरा गर्न सकेको थिएन । गत वर्ष सो कार्यालयको वार्षिक लक्ष्य ४८ करोड ५५ लाख ९२ हजार रहेकोमा २२ करोड ७१ लख ४३ हजार मात्र राजस्व असुली गरेको थियो । अर्थात गत वर्ष जनकपुर भन्सार कार्यालयले लक्ष्य भन्दा २५ करोड ४४ लाख ९ हजार कम राजस्व असुली गरेको थियो । यता, जनकपुर भन्सार कार्यालय जनकपुरधामका प्रमुख भन्सार अधिकृत केशव राज ओलीले सीमावर्ति क्षेत्रमा कडाई गरिएकोले बाँकी रहेको ४ महिनामा लक्ष्य पूरा हुन सक्ने दावी गरेका छन् ।

सीमावर्ति क्षेत्रमा हुने तस्करी र चोर पैठारीका कारण वार्षिक लक्ष्य पूरा हुन नसकेको स्थानीय व्यापारीहरुको भनाइ छ । भन्सारको कर्मचारी र प्रहरीहरुकै मिलेमतोमा सीमावर्ति क्षेत्रमा रातिको समयमा तस्करी हुने गरेको जनकपुरका एक कपडा व्यापारीले बताए । दिउँसो सीमा नाकाहरुमा कडाई भएपनि रातिको समयमा केही तस्करहरुले भन्सारका कर्मचारी र प्रहरीलाई महिनावारी नै तोकेर तस्करी गराउदै आएका छन् ।

Comment


Related News

Latest News

Trending News