अपडेट 
२०७९ चैत्र १२, आईतवार ०८:२०

वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आइसिपि)का कर्मचारीहरु तीन वुँदे मांग गर्दै आइतबार देखि आम हडताल गर्ने चेतावनी दिएका छन् ।

आइसिपि संचालन कैलाश टर्मिनल्सले पाए पछि त्यहा कार्यरत कर्मचारीहरु रोजगारीको सुनिश्चितताको मांग गरेका छन् ।आईसिपिमा कार्यरत ३२ जना कर्मचारीहरुको पहिलो माग नेपाल इन्टरमोडल यातायात विकास समितिबाट प्रत्येक १ वर्षको १ महिनाको दरले ५ वर्षको जम्मा ५ महिनाको कर्मचारीहरुलाई प्रोत्साहन भत्ता स्वरुप उपलब्ध गराउनु पर्ने रहेको छ । साथै उनीहरुले ठेक्का लिएको कैलाश टर्मिनल्सले खाइपाई आएको तलब सहित रोजगारीको सुनिश्चितताका लागि समिति र टर्मिनल व्यवस्थापक कम्पनी बीच करार सम्झौता गर्दा अन्य शर्तहरु झै एकीकृत जाँच चौकी वीरगञ्जमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई रोजगारी सुरक्षित सहित कर्मचारीहरुलाई न्यूनतम पहिलो चरण मा नै १ वर्ष करार सम्झौता व्यवस्था हुनु पर्ने रहेको छ । आफूहरुको माग पूरा नभए आइतबार देखि सम्पूर्ण कर्मचारीहरु हडतालमा जाने एक कर्मचारीले बताए । उनले भने–‘ आईसिपि संचालनको सुरु देखि हामी काम गरेका हौ,लक्ष्य भन्दा पनि बढी आम्दानी भएको छ । तर हाम्रो भविष्यलाई व्यवस्थापन भएन भने आन्दालन गर्नु पर्ने हाम्रो बाध्यता छ ।’ एकीकृत सुरक्षा जाँच चौकी (आइसिपि) सन्चालन (ठेक्का) कैलाश टर्मिनल्स जेभिले पाएको छ ।

कैलाश जेभि सहित ५ कम्पनीले आशयपत्र दर्ता गराएकोमा कैलाशलाई चयन गरिएको छ । कैलाश जेभिले ५ बर्षका लागि १ अर्ब ८० करोड ९० लाख १ हजार २ सय रुपैयाँमा आइसिपि सन्चालनको ठेक्का पाएको छ । जसमा ६० प्रतिशत प्राविधिक र ४० प्रतिशत वित्तीय पक्ष रहेको छ । आईसिपिमा ३२जना अस्थायी कर्मचारी ,१० जना माली र १० कुचिकार कार्यरत छन् । यसका साथै आईसिपिको आन्तरिक सुरक्षाको जिम्मेवारी गोर्खा सेक्युरिटले हेर्दै आएको थियो ।यसका साथै ‘लेबर’को लागि दैनिक ज्यालादारीको रुपमा १००जनाको तीनवटा ठेकेदारहरुको समूह काम गर्दै आएको छ । यहाँ कार्यरत अधिकांश कर्मचारीहरु स्थानीय रहेका छन । आइसिपिको जग्गा अधिग्रहणको समयमा आईसिपि संचालनमा आएपछि स्थानीयलाई पहिलो प्राथमिकता दिने शर्तमा जग्गा लिएको थियो । आइसिपि संचालनको जिम्मेवारी सरकारले ठेक्कामा दिएपछि त्यहा कार्यरत सबै कर्मचरीहरु बिच्चलीमा परेका छन् ।

समितिको स्वामित्वमा वीरगञ्ज र विराटनगरमा २ वटा आइसिपि, भैरहवा, काकडभिठ्ठा, तातोपानी, चोभार र सिर्सिया गरी ५ वटा सुक्खा बन्दरगाह रहेको छ । आइसिपि वीरगञ्ज र चोभार सुक्खा बन्दरगाह समितिले आफै सन्चालन गर्दै आएकोमा अब आइसिपि वीरगञ्ज पनि ठेक्कामा लागेपछि चोभार सुक्खा बन्दरगाह मात्र समितिले सन्चालन गर्ने सञ्चालन समितिका प्रमुख राजीव गजुरेलले बताए । चोभार सुक्खा बन्दरगाह पनि निकट भविष्यमै निजी क्षेत्रलाई सन्चालनको जिम्मा दिने गृहकार्य भई रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News