भारतीय महावाणिज्य दूतावास वीरगञ्जले काउन्सलर संग गुनासो कार्यक्रम सम्पन्न गरेको छ ।
आजादीका अमृत महोत्सव अन्तर्गत महावाणिज्य दूतावासमा शनिवार आयोजित १५ औं ओपन हाउस फर कान्सुलर गुनासो कार्यक्रममा नेपालमा बस्ने पीडित भारतीय नागरिकहरूको कन्सुलरले गुनासो समाधान गरेका थिए । वीणा सती पेपर र स्टेशनरी, परवानीपुर–४ , हुलास स्टिल इन्डस्ट्रिज लिमिटेड सिमरा, बजरंग इलेक्ट्रिक एण्ड फेब्रिकेट परवानीपुर, जोन डिरे जीतपुर सिमरा र स्क्रिन मारुती पेपर एण्ड केमिकल प्रा. लि, बेलवामा कार्यरत भारतीय नागरिकहरूले वाणिज्य दूतावासमा दर्ता र दर्ता नवीकरण सम्बन्धी गुनासोहरु समाधान गराएका थिए । अर्को ओपन कन्सुलर हाउस अर्को महिनाको अन्तिम शनिबार २९ अप्रिल मा हुने जनाइएको छ ।
वाणिज्य दूतावास पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मकवानपुर र चितवन जिल्लामा बसोबास गर्ने भारतीय नागरिकलाई चाँडो भन्दा चाँडो कन्सुलेटमा आफ्नो नाम दर्ता गराउन अनुरोध गरेको छ ।

