२०७९ चैत्र १३, सोमबार ०७:५५

वीरगञ्ज महानगरपालिकाले अवैध उत्खन्न गर्ने गाडिहरुलाई नियन्त्रणमा लिएको छ ।

महानगरपालिकामा रहेका सार्वजनिक जग्गामा अवैध उत्खनन गर्ने स्काभेटर सहित ४ वटा टिपर महानगर प्रहरीले नियन्त्रणमा लिएर कार्यालयमा बुझाएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ दर्दवा स्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिना भन्दा अघि देखि अवैध रुपमा उत्खनन गर्दै आएको सूचनाको आधारमा महानगरले टिपर र स्काभेटर नियन्त्रणमा लिएको छ ।

नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालका नेतृत्वमा खटेको टोलीले ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर नियन्त्रणमा लिएर वीरगञ्जको आदर्शनगर स्थित बालमन्दिरको परिसरमा राखेको छ । महानगर प्रमुख राजेशमान सिंहको निर्देशन अनुसार नगर प्रहरी निरीक्षक भुषालकै नेतृत्वमा दर्दवा पुगेका टोलीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको महानगरपालिकाले जनाएको छ ।

गुठीको नाममा रहेको सार्वजनिक जग्गालाई निजी स्वार्थका लागी प्रायोजन गर्नेहरुलाई कडा कारवाही गर्नुपर्ने मागं गर्दै स्थानीयले महानगरपालिकामा उजुरी गर्दै आएका थिए ।

 

Comment


Related News

Latest News

Trending News