अपडेट 
२०७९ चैत्र १३, सोमबार ०८:०२

नक्कली नेपाली नोटबाट मात्र होईन्, नक्कली हस्तलिखित नोटबाट एकजना व्यापारी ठगिएका छन् ।

लालबन्दी नगरपालिका–९ स्थित आचार्य खाजा घरका संचालक श्रृजना आचार्य ठगिएका छन् । शनिवार साँझ साढे ८ बजेको समयमा आईपुगेका छोटो कद भएको एकजना ग्राहकले सानो एक पाकेट गुटखा खरिद गरी हतार–हतार पाँच रुपैयाँको गुटुमुटु पारेको नोट दिएर गएको आचार्यले बताए । उनले सो गुटुमुटु अवस्थामा रहेको नोट कन्तुरमा राखेको जानकारी दिए । उनले भने, ‘आईतवार विहान नोट गन्न कन्तुरबाट निकालिएको पैसामध्ये हातले केरेर बनाएको नक्कली पाँच रुपैयाँको नोट फेला प¥यो ।’ शुक्रवार पसल बन्द गर्न लागेको अवस्थामा अर्को एकजना नचिनेको तर, मोटरसाईकल चढेर आएका व्यक्तिले दुई सय रुपैयाँ मूल्य पर्ने वियर किनेर एक हजारको नोट दिएको संचालक आचार्यले जानकारी दिँदै भने, ‘उनले दिएको नोट नक्कली थियो ।’

यसैगरि लालबन्दी नगरपालिका–९ स्थित एशियन डिपार्टमेन्ट स्टोरका संचालक आशा पौडेल पनि ठगिएका छन् । उनले, ठगले विभिन्न सामान हेर्ने, मोलमोलाई गरेपछि एक सय रुपैयाँको सामान खरिद गरेर नक्कली एक हजार नोटको नौ सय सक्कली रुपैयाँ फिर्ता लिएर गएको बताए । उनले, आफ् नो सीसी क्यामरामा ठगको तस्वीर कैद भएको जानकारी दिए ।

Comment

Related News