२०७९ चैत्र १४, मंगलवार ०७:२३

तत्कालीन माओवादी विद्रोहमा बुबाको हत्या भएको १८ बर्ष बिति सक्दा पनि राज्यबाट परिवारले अहिले सम्म न्यायको अनुभूति नगरेको वीरेन्द्र प्रसाद यादवले गुनासो पोखेका छन् ।

बिना कारण खेती किसानी गरेर बाल बच्चाहरुको लालनपालन गर्ने बुबा लक्ष्मण राउत अहिरलाई २०६१ साल साउन ४ गते भोडहा गाँबिस वडा नम्बर ३ हाल करैया उपमहानगरपालिका–२१स्थित घरबाट अपहरण गरी माओवादीहरुले गाउँ नजिकै बुबालाई निर्मम तरिकाले हँसियाले घाँटी रेटी हत्या गरेको यादवले बताए । बुबाको हत्यारालाई कारबाही गर्न र परिवारजनलाई क्षतिपूर्तिका लागि जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय, सत्य निरुपण तथा मेलमिलाप आयोग काठमाण्डुमा निवेदन दिए पनि अहिले सम्म कारबाही नहुँदा पीडा थपिएको उनले गुनासो पोखे । माओवादी जनयुद्ध कालमा मारिएका व्यक्तिहरुलाई शहीद घोषणा गर्न संघीय सरकारले २०७९ फागुन २९ गते राजपत्रमा सूचना प्रकाशित गरी जिल्लाबाट डाटा माग गरेको भए पनि जिल्ला प्रशासन कार्यालयले मेरो बुबाको नाम सरकारलाई सिफारिस नगरी हामीमाथि अझै पीडा थपेको छ वीरेन्द्रका भाई नागेन्द्रले दुखेसो पोखे ।

त्यति मात्र नभइ मधेशी शहीद प्रतिष्ठान धनुषाधामले पनि जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनमा मारिएका व्यक्तिहरुको डाटा जिल्लासंग माग गर्दा समेत जिल्ला प्रशासन कार्यालयले त्यहाँ पनि मेरो बुबाको नाम नपठाएको उनले बताए । ‘२०७४ साल असार १९ गते जिल्ला प्रशासन कार्यालयबाट बुबा लक्ष्मण राउत अहिर माओवादीबाट मारिएको प्रमाण दिएको छ’,उनले भने । जिल्ला प्रशासन कार्यालयको लापरवाहीका कारण हामी मर्कामा परेको छ वीरेन्द्रले भने । प्रधानमन्त्री पुप्पकमल दाहाल ( प्रचण्ड) ले केही दिन अगाडि काठमाण्डुमा ५ हजार मान्छे मारेको जिम्मा लिन्छु भनेको थियो । जसका कारण मारिएका परिवारले दाहालमाथि सर्वोच्चमा मुद्धा दायर गरेको थियो भन्दै वीरेन्द्रले मेरो बुबाको हत्यारा पनि प्रचण्ड नै हो भने आरोपसहित चाँडै सर्वोच्चमा मुद्धा लिएर जाने बताए । बुबालाई न्याय नपाए सम्म आफू जस्तोसुकै संघर्ष गर्न पछि नहट्ने उनले बताए । नेपाल मात्र होईन न्यायका लागि अन्तर्राष्ट्रिय अदालत सम्म जानेछु वीरेन्द्रको कथन छ ।

यस बिषयमा निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अचार्यसंग बुझदा छुटेकाहरुलाई पनि नाम पठाउने गरी जिल्ला प्रशासन कार्यालयले यस विषयमा पहल गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News