२०७९ चैत्र १४, मंगलवार ०७:२६

चैती छठ पर्वमा मंगलबार (आज) उदाउँदो सूर्यलाई अर्घ दिइ सम्पन्न भएको छ ।

श्रद्धालुहरु छठ घाटमा सोमबार साँझ र मंगलबार उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी छठ सम्पन्न हुनेछ । विगतको वर्षभन्दा यसवर्ष चैती छठको उल्लास बढी देखिएको छ । छठ घाटमा सामग्रीहरुसहित पुगेका श्रद्धालुहरुको भीड लागेको छ । जनकपुरधामको गंगासागरमा श्रद्धालुभक्तजनको विशेष रौनक देखिएको थियो । साझ झिलिमिलि वत्ती बालिएको थियो । कार्तिक महिनामा हुने छठ झैं चैती छठको विधि हुन्छ । यद्यपि, कार्तिकको छठ जस्तो सबैको घरमा भने चैती छठ हुने गरेको छैन । खासगरी गंगासागर ,अंगराज सागरसहितको पोखरी तलाउहरुलाई बेहुली झैं सिंगारिएको छ ।

चैत महिनामा मनाइने हुनाले यसलाई चैती छठ भनिन्छ । तराई र छिमेकी देश भारतमा मात्र मनाउने गरिएको छठ पर्व अहिले पहाडी क्षेत्रमा पनि समेत मनाउने गरिन्छ । सूर्य उपासना गरी मनाइने छठ अर्थात् दिनकर दिनानाथ, छइठ छैठ, छठी आदि नामले मनाइन्छ । चैत शुक्ल पक्ष षष्ठीको दिन छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख–शान्तिको कामना गर्ने गरिन्छ । विशेषगरी निसन्तान हुने र छाला रोगीले छठ पूजा माथि बढी आस्था राखेको हुन्छ । पहिला कम संख्यामा चैती छठ मनाइने गरिन्थ्यो तर, अहिले जनकपुरधामका गंगा सागर, अरगजा, दशरथ तलाउ लगायतका घाटमा अत्यधिक भीडभाड देखिने गरिएको छ ।

Comment


Related News

Latest News

Trending News