अपडेट 
२०७९ चैत्र १४, मंगलवार ०७:३८

नेपाल विद्यार्थीसंघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन राराब जनकपुरधाम इकाइको समानुपातिक छनोट प्रक्रियामा धाँधली गरेको आरोप लगाइएको छ ।

समानुपातिकको सूचीमा दोस्रो स्थानमा रहेका सुशील अधिकारीले सोमबार सम्पन्न सामानुपातिक सदस्य छनोट प्रक्रियामा धाँधली भएको आरोप लगाएका छन् । नवनिर्वाचित सभापति मनिष यादवले समानुपातिक सूचीमा रहेको १ देखि ४ नम्बर सम्मको व्यक्तिहरुले समानुपातिकमा पद पाउनुपर्नेमा सो नगरिकन १ नम्बरमा रहेका राजेश कर्ण,४ नम्बरका उमेश मण्डल,८ नम्बरका मनिषा यादव तथा ९ नम्बरमा रहेका दीपेन्द्र राउतलाई नेविसंघले समानुपातिक सदस्य बनाएको छ । सूची अनुसार बनाउँदा एक देखि चार नम्बरमा रहेकाहरुको हुनुपर्ने नहुँदा सूचीमा रहेकाहरुमाथि अन्याय भएको सुशील अधिकारीले गुनासो पोखे ।

नवनिर्वाचित युनियनको समितिमा विभिन्न दलका वर्गीय संगठनहरुको १० जनालाई समानुपातिकमा राख्नुपर्ने प्रावधान मध्ये चार वटा पद नेपाल विद्यार्थी संघले पाएको छ ।

Comment


Related News

Latest News

Trending News