अपडेट 
२०७९ चैत्र १४, मंगलवार ०७:४१

समाजिक संजालमा भुलबस आपतिजन प्रचार प्रसार भएको भन्द्र वीरगन्जको चिकेन स्टेशनले ग्राहकहरुसंग छमायाचना गर्दै प्रचार प्रसार सच्याइएको जनाएको छ ।

बीरगन्जमा संचालित चिकेन स्टनले सोमबार प्रत्रकार सम्मेलन गरी समाजिक संजालमा आएको प्रचार प्रसार प्राविधि त्रुटिले समावेस हुन गएको जानकारी गराएको छ ।चिकेन स्टेशनको समाजिक सञ्जालमा भुलवस आपत्ती जनक समाग्री प्रकाशित भएको भन्दै पत्रकार सम्मेल गरी सम्पुर्ण ग्राहक बर्ग लगाइ सबैसंग क्षमायाचना गरेको छ । स्टेशनका संचालक अरुण झाले स्थानिय संचारकर्मिहरुसंग कुरा गर्दै बिज्ञापन गर्ने क्रममा कर्मचारीको लापरवाहीका कारण आपत्ती जनक समाग्री प्रसारित भएको बताउँदै मुलकको नियम,आफ्नोे संस्था, धर्म,सस्कृतिमा प्रतिब्धीत रहेको बताए ।

उनले स्टेशनले साकहारी र मान्सहारी ग्राहकको लागि छुट्टा–छुट्टै भन्साबाट सेवा प्रदान गरी रहेको बताए । प्रचार–प्रसारको लागि गरिएको पोष्टमा आपत्ती जनक समाग्री प्रकाशित भएपछि त्यसको केही मिनेटमै समाग्री सच्याएको तथा चिकेन स्टेशनले आफ्नो अफिसिएल पेजबाटै क्षमायाचना समेत गरिएको पत्रकार सम्मेलनमा झाले बताए ।

समाजिक संचालमा केहि समयको लागी आएको प्राविधिक त्रुटीलाई माफ गरी दिनहुन आम ग्राहकवर्ग एवं सम्बन्धित सबै पक्षलाई अनुरोध समेत गरे । उनले भबिष्य यस्तो गल्ती फेरी नदोहरिने दावी समेत गरे ।

पत्रकार सम्मेलनमा झाद्धारा वितरित प्रेस विज्ञप्तिमा कसैलाई सो सम्बन्धि कुनै आशंका लागेको खण्डमा स्टेशनमै आएर परिक्षण गर्न सकिने उल्लेख गरिएको छ । स्टेशन हिन्दु धर्मको मर्यादा प्रति सजग र सचेत रहेको प्रेसविज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा संचलक झा सहित समाजिक अगुवा स्टेशनका कर्मचारी,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी एवं नेकपा एमालेका नेता शिव पटेल लगायतको उपस्थिती रहेको थियो ।

Comment


Related News