२०७९ चैत्र १४, मंगलवार ०७:५६

नेपाल वित्तीय संस्था कर्मचारी संघ मधेश प्रदेश अध्यक्षमा शौरभ झा निर्वाचित भएका छन् ।

कृषि विकास बैंक लि.अन्तर्गतका कर्मचारीहरुको ठूलो संगठनको रुपमा रहेको वित्तीय कर्मचारी संघको जनकपुरधाममा सम्पन्न प्रदेश अधिवेशनबाट झा सर्वसम्मतिले निर्वाचित भएका छन् । जनकपुरधाममा भएको अधिवेशनमा मधेश प्रदेशका ८ वटै जिल्लाबाट उपस्थित जिल्ला अध्यक्षहरु र प्रदेश अधिवेशन प्रतिनिधिहरुले बैंकको शिवचोक बैंकिङ्ग शाखामा कार्यरत झालाई अध्यक्षमा सर्वसम्मतिले चयन गरेको निर्वाचन समितिका सदस्य एंव वित्तीय संस्था कर्मचारी संघका केन्द्रीय सदस्य प्रदीप यादवले जानकारी दिए ।

त्यसैगरी संघको मधेश प्रदेश उपाध्यक्षमा सर्लाहीका प्रविण कुमार झा, बाराका जितेन्द्र पासवान र सप्तरीका दिलीपकुमार यादव निर्वाचित भएका छन् भने सचिवमा मनिषकुमार चौधरी, सहसचिवमा सन्दीपकुमार साह, कोषाध्यक्षमा अनिलकुमार यादव निर्वाचित भएका छन् । त्यस्तै संघको सदस्यहरु प्रशान्त राय, ललितकुमार पण्डित, अमित राय, कृष्ण प्रसाद साह, शकुन्तला यादव, दयानन्द यादव, मनिशा दुलाल, नागेन्द्र पासवान, प्रदीपकुमार यादव, रामदरेश यादव, निर्मल लोचन अधिकारी, नागेन्द्र पटेल चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेसँगै शपथ ग्रहण समेत गराएको छ । यस अघि संघको अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका प्रदेश सांसद रामसरोज यादवले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस धनुषा क्षेत्र नं.३ का सहसचिव ह्रदयकान्त झा, कृषि विकास बैंक लि.मधेश प्रदेश निर्देशक नवीनकुमार पाख्रिन, नेपाल वित्तीय संस्था राष्ट्रिय समितिका उपाध्यक्ष सोभित कुमार साह र नेपाल वित्तीय संस्था कर्मचारी संघका केन्द्रीय समितिका पूर्व उपाध्यक्ष लालबाबु साहसहितको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News