अपडेट 
२०७९ चैत्र १४, मंगलवार १२:४२

आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ ।

हिजो तोलाको १ लाख ९ हजार रुपैयाँ रहेको सुनको भाउ आज तोलामा १ लाख ८ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति आइतवारदेखि सुनको भाउ घटिरहेकाे छ। अस्ति सुन तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

हिजो तोलामा दुई सय रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News