अपडेट 
२०७९ चैत्र १५, बुधबार ०७:२८

जनकपुरधाम । जनकपुरधामको रामसागर रामस्वरुप बहुमुखी (राराब) क्याम्पसमा तालाबन्दी भएको छ ।

मंगलबार स्ववियू निर्वाचनको समानुपातिक उम्मेदवारलाई कलस्टर अनुसार निर्वाचित नगराएको भन्दै तालाबन्दी गरिएको छ । निर्वाचन समितिको कार्यालयमा समानुपातिक सूचीका अन्य उम्मेदवारले तालाबन्दी गरेका छन् । चैत ५ मा राराबमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो । स्ववियु सभापति मनिषकुमार यादवले समानुपातिक सूचीमा रहेकाहरुको नाम आफू अनुकूल मनोमानी तरिकाले सिफारिस गरेको भन्दै नेपाल विद्यार्थी संघ नेविसंघ)का सदस्य पदका समानुपातिक उम्मेदवारहरुले तालाबन्दी गरेका छन् । नेविसंघले सदस्यतर्फ चारवटा समानुपातिक सिट पाएकोमा सभापति यादव र नेविसंघका अन्य केही व्यक्तिहरुले १ नम्बरमा नाम रहेको राजेशकुमार कर्ण, ४ नम्बरमा नाम रहेको उमेशकुमार मण्डल, ८ नम्बरमा नाम रहेको मनिषाकुमारी यादव र ९ नम्बरमा नाम रहेको दीपेन्द्र राउतको नाम सिफारिस गरेको सदस्य पदका उम्मेदवार सुशील अधिकारीको आरोप छ । बुधबार (आज) सम्म माग पूरा नगरिए नेपाली काँग्रेस धनुषा जिल्ला कार्यालयमा पनि तालाबन्दी गर्ने विद्यार्थीहरुको चेतावनी छ ।

Comment


Related News

Latest News

Trending News