अपडेट 
२०७९ चैत्र १५, बुधबार ०७:३२

मधेश प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखीले चाँडैचाँडै सरकार फेरबदलले काम गर्न पनि विलम्ब हुने गरेको बताएका छन् ।

राजविराजमा मंगलबार कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले आयोजना गरेको स्थानीय निकायमा हुने कानून निर्माण प्रक्रियामा सहजीकरण र न्याय सम्पादन विषयको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका छन् । संघीय ऐन लागु हुने कतिपय सवालमा चाहँदा– चाहँदै पनि अनुकूल काम गर्न नसकेको उनले जिकिर गर्दै उनले भने,‘ प्रहरी तथा निजामती सेवाको सवालमा व्यवस्थित गर्ने काम संघीय सरकारले अगाडि बढाएको छ र संघीयता स्थापित गर्नका लागि अत्यन्त महत्वपूर्ण विषय हो ।’ मन्त्रालयका सचिब उत्तम प्रसाद खरेलको अध्यक्षतामा भएको अन्तरक्रियामा स्थानीय पालिकाका अध्यक्ष– उपाध्यक्ष, न्यायिक समितिको पदाधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कानून तर्जुमामा देखिएका समस्या तथा न्यायिक समितिमा पर्ने गरेका विवादहरुको बारेमा समेत वृहत् छलफल गरिएको छ ।

Comment


Related News

Latest News

Trending News