अपडेट 
२०७९ चैत्र १५, बुधबार ०७:४३

जनकपुरधामम ‘मेयर कप’ टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र धनुषा जिल्ला क्रिकेट संघको संयोजनमा यही चैत्र २३ गतेदेखि पहिलो पटक मेयर कप क्रिकेट प्रतियोगिता हुन लागेको छ । प्रतियोगिता निर्माणाधीन रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा हुने जनाइएको छ । लिग प्रणालीमा खेलाइने यस प्रतियोगितामा मधेश प्रदेशको आठै जिल्लाको टिम र चार वटा अन्य प्रदेशको गरी १२ वटा टिम सहभागी हुने बताइएको छ । प्रतियोगितामा कुल ३७ लाख खर्च हुने आयोजक संस्थाले अनुमान गरेका छन् । जसको लागि आयोजक संस्था जनकपुरधाम उपमहानगरपालिकाले १५ लाख विनियोजन गरिसकेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले दश लाख दिने घोषणा गरेका छन् । बाँकी अपुग रकम सहयोगको लागि खुला आह्वान गरिएको छ ।

प्रतियोगिता विजेता टिमलाई नगद अढाई लाख र उपविजेतालाई डेढ लाखसहित कप र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा म्यान अफ द सिरिज, वेस्ट ब्याट्स म्यान, बलर, इर्मजिङ प्लेयर, म्यान अफ दी म्याच र फास्ट अर्ध शतक/शतक जस्ता आकर्षक पुरस्कार खेलाडीलाई दिइनेछ प्रतियोगितामा सञ्चारकर्मीसँग धनुषा र महोत्तरीको प्रदेशसभा सांसदबीच मैत्रीपूर्ण खेलसमेत हुने बुझिएको छ ।

Comment


Related News

Latest News

Trending News