२०७९ चैत्र १५, बुधबार १३:०३

बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउन जनमत पार्टीले नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाहालाई पार्टीमा भित्र्याएको छ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कुशवाहा जनमत पार्टी प्रवेश गरेका हुन्। अध्यक्ष सिके राउतले उनलाई पार्टीमा स्वागत गरेका छन्।



कुशवाहा गत मंसिर ४ गते भएको चुनावमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार थिए। उनले १३ हजार चार सय ६८ मत ल्याएका थिए।

यहाँ तत्कालीन जसपाका कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। उनले १३ हजार ८ सय २२ मत ल्याएका थिए। यादव गत चैत ३ मा उपराष्ट्रपति भइसकेका छन्। यो क्षेत्र रिक्त भएपछि उपचुनाव गर्न लागिएको हो।

बारा २ मा जसपाबाट अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुने चर्चा छ। जनमत पार्टी अध्यक्ष राउतले कुशवाहालाई पार्टीमा भित्र्याउँदै आफूहरूले चुनाव जित्ने दाबी गरेका छन्।

Comment


Related News

Latest News

Trending News