
सत्ता गठबन्धनबीच मन्त्रीमण्डल बाँडफाँटका बिषयमा सहमति जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले मन्त्रीमण्डल बाँडफाँटका बिषयमा सहमति गर्दै बिहीबार मन्त्रीपरिषद् विस्तार गर्ने निर्णय गरेका हुन् । गठबन्धनभित्र कांग्रेसलाई आठ, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई दुई, लोसपा १, नागरिक उन्मुक्ति पार्टी १, प्रभु शाह १, जनमतलाई थप १ राज्य मन्त्री, नेसपालाई १ र जसपालाई दुई मन्त्रालय दिन सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बिहीबार बिहानसम्म सवै दलहरुले प्रधानमन्त्रीलाई नाम बुझाउने र साँझसम्म मन्त्रीमण्डल विस्तार गर्ने तयारी भएको छ । बैठकपछि जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने जानकारी दिनुभयो । उहाले गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चा बाहेक ९ दल सरकारमा सहभागी हुने बताउनुभयो ।
कुन दलले कुन मन्त्रालय लिने भन्ने बिषयमा भने दलहरुबीच पुन छलफल हुने र निष्कर्षमा पुगिने श्रेष्ठले जानकारी दिनुभयो ।