२०७९ चैत्र १६, बिहीबार ०७:३८

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव अर्थात रामनवमी आज (बिहीबार) जनकपुरधाममा विशेष पूजा गरी मनाइने भएको छ ।

रामनवमीको अवसरमा जनकपुरधामस्थित राम र जानकी मन्दिरलाई विशेष रुपमा सजाइएको छ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौशल्यादेवीका सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत शुक्ल नवमीकै दिन भएको मानिन्छ । आज भगवान रामको जन्मोत्सव विधिविधान पूर्वक मनाइने छ भने साँझ बधाई गानसहित झांकी र गीतनाद कार्यक्रमको आयोजना गरिने राम मंदिरका महन्थ रामगिरीले जानकारी दिए । रामनवमीको अवसरमा भारत र नेपालका सयौं साधुसन्त बुधबार साँझ जनकपुरधाम आइपुगेका छन् । रामनवमीका दिन गंगासागरमा स्नान गरी राम र जानकी मन्दिरमा पूजा गर्नाले मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रही आएको छ । यता रामनवमीलाई मध्यनगर गर्दै मधेश प्रदेश सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ ।

रामनवमीको अवसरमा विदा दिने प्रदेश राजपत्रमा प्रकाशित गरिएको निर्णय अनुरुप बिहीबार प्रदेशमा सार्वजनिक विदा दिइएको छ । हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने रामनवमीको अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिइएको प्रदेश सरकारले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News