अपडेट 
२०७९ चैत्र १६, बिहीबार ०८:०१

मुख्यमन्त्री सरोज कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाममा पुनः छड्के अनुगमन गरेका छन् ।

मंगलबार राति प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको सेवा प्रवाहबारे जानकारी लिने उद्देश्यले मुख्यमन्त्री यादवले छड्के अनुगमन गरेका छन् । अनुगमनको क्रममा उनले सेवा प्रवाह प्रभावकारी बनाउने कार्यमा बाधक हुने जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिए । अस्पतालमा व्यापक लापरबाही भएको गुनासो पटक–पटक गुनासो आउन थालेपछि मुख्यमन्त्री यादवले अस्पतालको छड्के जाँचलाई निरन्तरता दिएका छन् । प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिकलगायत अन्य कक्षको अनुगमन गर्दै उनले ड्युटीमा रहेका चिकित्सक र कर्मचारीहरुलाई बिरामीको उपचारमा कुनै पनि प्रकारको लापरवाही गरिए कारबाहीको भागिदार बन्नु पर्ने भन्दै सेवा प्रवाहमा तदारुकता अपाउन निर्देशन दिए ।

यसअघि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पताल जनकपुरधामको अनुगमन गर्ने क्रममा अनुपस्थित रहेका निर्देशक डा. प्रमोद कुमार यादवलाई कारबाही गर्दै सामाजिक विकास मन्त्रालयमा तानेका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा अघिल्लो समय सेवा प्रवाहमा लापरबाही भएको जनगुनासो बढ्दै गएपछि मुख्यमन्त्री यादवले सेवा सुधारतर्पm पहल गरेका छन् । रेफर अस्पतालको दाग हटाएर प्रादेशिक अस्पताल जनकपुरधाममा प्रभावकारी सेवा सुलभ तरिकाले उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री यादवले भने,‘अस्पतालमा लापरबाहीको ठाउँ छैन् । चिकित्सकले लापरबाही गरे बिरामी कहाँ जान्छ, उनले भने ,‘डाक्टर भगवानको रुप हो भने व्यवहारमा उतारेर देखाउनुपर्छ । काम गर्न नचाहने डाक्टरसाबहरु अन्यत्र जान सक्नुहुन्छ, उनले प्रष्ट पारे । प्रादेशिक अस्पतालले गुमाएको साख जोगाउनको लागि डाक्टरसहित अन्य कर्मचारीहरु पनि प्रतिबद्ध भएर काम गर्नुपर्छ, मुख्यमन्त्री यादवले बताए ।

Comment


Related News

Latest News

Trending News