अपडेट 
२०७९ चैत्र १६, बिहीबार ०८:०४

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय मधेश प्रदेशका कर्मचारीहरु सुरक्षाको माग गर्दै धर्ना दिएका छन् ।

बुधबार जनकपुरधाम उपमहानगरपालिका– १४ मुजेलियास्थित कार्यालयमा उनीहरुले धर्ना दिएका छन् । गत फागुन १५ गते रौतहटको मौलापुरस्थित मघानी महायज्ञ मेलामा मौलापुर विद्युत वितरण केन्द्रको कर्मचारीमाथि कुटपिट भएको थियो । स्थानीय त्रिभुवन साहको नेतृत्वमा २० जनाको समूहले कर्मचारी अरुण कुमार साहलाई अभद्र व्यवहार गरेको र सहायक इन्जिनियर महेन्द्र चौधरीलाई कुटपिट गर्दै जबरर्जस्ती घिसारेको आरोप छ । मौलापुर विद्युत वितरण केन्द्रलाई विद्युत जडानका महायज्ञ आयोजकले जडानका लागि भनेको थियो । तर वितरण केन्द्रका प्रमुख अरुणकुमार साहले विद्युत जडानका लागि निवेदन लेखेर दर्ता गराउन भनेपछि स्थानीय त्रिभुवन साहको अगुवाइमा २० जनाको समूहले गालीगलौज तथा कुटपिट समेत गरेको बताइएको छ । सोही घटनामा मधेश प्रदेशमा विद्युत प्राकिरणका कर्मचारीहरु न्याय, क्षतिपूर्ति तथा शान्ति सुरक्षाको माग राख्दै आन्दोलनमा उत्रेका छन् ।

एक महिना अघि रौतहटको मौलापुरमा भएको घटनालाई लिएर आन्दोलनरत रहेका विद्युत कर्मचारीहरुले प्रदेश व्यापी आन्दोलनमा उत्रेका छन् । उनीहरुले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका कार्यालय प्रमुख नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ मधेश प्रदेशका अध्यक्ष राजकिशोर भिनवारले आम जनता पार्टीका अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा २० जनाको समूहमा प्राधिकरणको कार्यालयमा आएर कार्यालय प्रमुख र सहायक इन्जिनियरलाई दुव्र्यवहारसहित कुटपिट गरेकाले शान्ति सुरक्षाको ग्यारेण्टी तथा अवैध विद्युत जडान गर्नेलाई कारबाहीलगायतका माग राखेर आन्दोलनमा उत्रेको बताए । उनीहरुले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका कर्मचारीलाई कुट्ने त्रिभुवन साह, धीरज पाण्डेलगायतका अराजक व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नुपर्ने, मौलापुर वितरण केन्द्र रहेको क्षेत्रका ७५ प्रतिशत जनतालाई पायक पर्ने ठाउँ शिवनगर अथवा गरुडामा वितरण केन्द्र स्थानान्तरण गर्नुपर्ने, राष्ट्रसेवक कर्मचारीहरुको शान्ति सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, पीडितलाई समानसहित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने तथा मौलापुरको केही होटलहरु र मौलापुर वडा कार्यालयमा अनाधिकृत विद्युत प्रयोग गरिरहेकोमा त्यसको नियन्त्रण गर्न क्षतिपूर्ति र बाँकी बक्यौता असुल उपर गर्न पर्याप्त शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने माग राख्दै आन्दोलरत छन् ।

Comment


Related News

Latest News

Trending News