
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो वैशाख १० गते हुने उपनिर्वाचनमा बारा-२ बाट उम्मेदवार बन्ने तयारीमा छन्।
स्रोतका अनुसार महतोले उम्मेदवार बन्न तयारी थालिसकेका छन्। महतो मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा सर्लाही-२ मा पराजित भएका थिए। उक्त क्षेत्रमा माओवादीको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव निर्वाचित भएका थिए।
बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने लगभग पक्का छ।
उपेन्द्रलाई हराउन अरूले नसक्ने भएकाले आफूलाई उम्मेदवार बन्न पार्टी र कार्यकर्ताबाट दबाब आएको महतोले बताए।
यसअघि बुधबार जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ मा शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने बताएका छन्। उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि कुशवाहा माओवादी केन्द्र छोडेर जनमतमा प्रवेश गरेका छन्।