अपडेट 
२०७९ चैत्र १६, बिहीबार १३:२०

लोकतान्त्रिक समाजवादी पार्टी मन्त्रिपरिषद् विस्तार हुँदा १ मन्त्रालय पाउने भएको छ।

लोसपाका नेताहरूका अनुसार सत्ता गठबन्धनको भागबन्डामा लोसपाले श्रम मन्त्रालय पाएको छ। ‘हामीले शरतसिंह भण्डारीलाई पठाउने तयारी गरेका छौं,’ लोसपाका एक कार्यकारिणी सदस्यले भने।

भण्डारी मंसिर ४ मा भएको निर्वाचनमा महोत्तरी २ बाट सांसद निर्वाचित भएका थिए।

दलहरूबीच आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ। नयाँ मन्त्रीहरूको बिहीबार साँझ नै शपथ हुने सम्भावना छ।

Comment


Related News

Latest News

Trending News