अपडेट 
२०७९ चैत्र १६, बिहीबार १८:५७

जनता समाजवादी पार्टी ९जसपा०ले सरकारमा पठाउने मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।

आज बसेको बैठकले अध्यक्ष यादवलाई नै सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मेवारी दिएको हो । मन्त्रीको नाम छनोट गर्दा सन्तुलन मिलाउन पनि आग्रह गरिएको छ ।

विस्तार हुन लागेको मन्त्रिपरिषद्‌मा जसपाले दुई वटा मन्त्रालय पाएको छ । जसपाको भागमा शिक्षा र कृषि मन्त्रालय परेका छन् ।

Comment


Related News