अपडेट 
२०७९ चैत्र १७, शुक्रबार ०८:०५

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र नेपालका लागि अमेरिकन राजदूत डेन आर थोम्पसनबीच भेटवार्ता भएको छ ।

सो अवसरमा युएस एडका नेपाल प्रमुख सेफेडिय ा क्याभन्साद, जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वार्डका वडाअध्यक्ष एवम् वार्ड सदस्यहरुको सहभागिता रहेको थियो । अमेरिकन राजदूत थोम्पसनसहितका टोलीलाई जनकपुरधामको सांस्कृतिक तथा ऐतिहासिक महत्वको बारेमा जानकारी गराएको बताइएको छ । अमेरिकन राजदूत थोम्पसनले स्थानीय निकायका प्रतिनिधिहरु लोकतन्त्रको पहिलो खुड्किला हुनेगरेको बताउँदै भने,‘लोकतन्त्रलाई बलियो पार्न स्थानीय जनप्रतिनिधिहरुको योगदान महत्वपूर्ण हुन्छ।’ जनताले जिताएर पठाएकोले लोकतन्त्रप्रति प्रतिबद्ध भइ यहाँका स्थानीय जनप्रतिनिधिहरुले काम गर्दै आएको राजदूत थोम्पसनको विश्वास थियो । कुनै पनि देशमा सुशासन स्थापनाका लागि स्थानीय तहदेखि नै लोकतान्त्रिक व्यवहारलाई बलियो रुपमा कार्यान्वयन गर्न सक्नुपर्ने धारणा राख्दै उनले जनकपुरधाममा भएको आतिथ्य अदभूत रहेको बताए ।

करिब १० जनाको टोलीसहित जनकपुरधाम भ्रमणमा आएका राजदूत थोम्पसनसहितका व्यक्तिहरुलाई जानकी मन्दिरको तस्वीर मायाको चिनोको रुपमा प्रदान र गमछा ओढाएर सम्मान गरिएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News