
रामनवमीको अवसरमा हिन्दू सम्राट सेनाले जनकपुरधाममा प्रर्दशन गरेको छ ।
बुधबार लक्ष्मीनियाँ गाउँपालिकाबाट शुरु भएको ¥याली जनकपुरधामको परिक्रमा गरी सम्पन्न भएको छ । ¥यालीमा सिरहा, धनुषा र महोत्तरीका युवा सहभागी भएका थिए । तीनै जिल्लाका युवा गाउँ–गाउँबाट समूह बनाएर लक्ष्मीनियाँ गाउँपालिका–२ स्थित सिनुरजोडामा भेला भएका थिए । त्यहाँबाट अरेरबा हुँदै मोटरसाइकल ¥याली जनकपुरधाम प्रवेश गरेको थियो । ¥यालीमा सहभागीहरुले हातमा घरेलु हतियार तलवार र भाटासहित बोकेर शक्ति प्रदर्शन गरेका थिए । उनीहरु ‘जय श्रीराम, हिन्दू एकता जिन्दावाद र हिन्दू राष्ट्र कायम गर’ जस्ता नारासमेत लगाएका थिए ।
शोभा यात्राको रुपमा निकालिएको ¥याली आक्रमक र हिंसक शैलीको देखिएको स्थानीयवासीले बताए । जानकी मन्दिरको पछाडि रहेको जामे मस्जिद हनफिया अगाडि ¥याली रोकेर प्रर्दशन गर्दा दुई समुदायबीच विवाद निम्त्याउन सक्ने अनुमान गरेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली पुगेर उक्त ¥यालीलाई शान्ति रुपमा अगाडि बढाउन अनुरोध गरेका थिए । त्यसपछि हिन्दू सम्राट सेनाको नेतृत्वकर्ता जानकी मन्दिर पुगेका थिए । जानकी मन्दिरको पूर्वको भवनमाथिबाट उनीहरुले झण्डा फहराएर ¥याली सम्पन्न भएको घोषणा गरेका थिए । ¥यालीको संयोजक सिनुरजोडाका राकेश यादवले हिन्दू संगठित र सुरक्षित हुनुपर्ने उद्देश्यले शोभायात्रा निकालिएको बताए । उनले नेपाल हिन्दू राष्ट्र पनि हुनुपर्ने माग गरे । ‘हामी आफ् नो धर्मलाई बचाउ गर्ने उद्देश्यले काम गरिरहेका छौं,’उनले भने, ‘ हाम्रो उद्देश्य हिंसा फैलाउनु होइन् । शान्तिपूर्ण रुपमा हामी शोभा यात्रा निकालेका थियौं र सफल पनि भयौं ।’ रामनवमीको अवसरमा प्रदेश सरकारले पनि सार्वजनिक विदा दिएको छ ।
हिन्दू सम्राट सेनाले पछिल्लो समय तीव्र रुपमा संगठन मजबुत बनाइरहेका छन् । उनीहरुले ठाउँ–कार्यालयसमेत सञ्चालनमा ल्याएका छन् । गत वर्ष महोत्तरीको भंगहा नगरपालिका ८ पररियास्थित हिन्दू सम्राट सेनाको शोभा यात्रामा झडप भएको थियो । सेना र स्थानीय मुस्लिम समुदायबीच भएको उक्त झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक जना घाइतेसमेत भएका थिए ।