अपडेट 
२०७९ चैत्र १८, शनिबार ०७:४८

चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिलकुमार यादवले आमरण अनशन शुरु गरेका छन् ।

स्थानीय जनकचोकमा शुक्रबार पत्रकार सम्मेलन गरी उनले शुक्रबारदेखि अनिश्चितकालका लागि आमरण अनशन शुरु गरेको जानकारी दिए । चुरे तथा वन जङ्गल संरक्षण अभियानीहरूले डेढ महिना अघिदेखि जनकचोकमै अनिश्चितकालीन धर्ना गर्दै आएका थिए । विभिन्न ५ बुँदै माग राख्दै शुरु गरेको अनिश्चितकालीन धर्ना गर्दा कुनै पनि निकायबाट सुनुवाइ नभएकोले आफू आमरण अनशन गर्न बाध्य भएको संयोजक यादवले जानकारी दिए ।

चुरे तथा वन जङ्गल संरक्षण अभियान र मधेश प्रदेश सरकारबीच भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणाको माग रहेको छ । भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकको रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आफूहरूको माग रहेको संयोजक यादवले बताए ।

Comment


Related News