
युएसआईडीको सहयोगमा मधेश र लुम्बिनी प्रदेशमा सार्वजनिक वित्तीय व्यवस्थापन कार्यक्रम शुक्रबारदेखि शुरु भएको छ । संघीय, प्रदेश र स्थानीय तहको वित्तीय व्यवस्थालाई सुदृढ गर्ने उद्देश्यले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र नेपालका लागि अमेरिकी राजदुत डिन थम्पसनले संयुक्त रुपमा सो कार्यक्रमको शुभारम्भ गरेका छन् । दुई करोड अमेरिकी डलर अर्थात करिब २ अर्ब ६२ करोड रुपैयाँको बजेट रहेको सो कार्यक्रमको अवधि ५/५ वर्षको रहने छ । सो अवसरमा मुख्यमन्त्री यादवले नेपालको विकास निर्माणदेखि लोकतन्त्र स्थापनामा अमेरिकाको सहयोग महत्वपूर्ण रहेको चर्चा गर्दे वित्तीय व्यवस्थापन कार्यक्रमले मधेशको विकास र समृद्धिमा टेवा पुग्ने बताए ।
नेपालकालागि अमेरिकी राजदूत डिन थम्पसनले राजनीतिकर्मीहरु उत्तरदायी भएमात्र नेपालमा लोकतन्त्र फस्टाउने धारणा राखे । युएसआईडी नेपालकी प्रमुख सेपिडे केभान्शाडले स्थानीय पालिकाको बजेटमा महिलाको आवश्यकतालाई प्राथमिमकमा राख्दै महिलाहरुको सीप तालिम व्यवासयका अवसर, किशोरी तथा आमाहरुको लागि शिक्षा र स्वास्थ्य जस्ता अधारभूत कार्यक्रमलाई अगाडि लैजानु बताइन । सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलाप अनुसार युसएसआईडी र नेपाल सरकारले राष्ट्रिय सार्वजनिक वित्तीय सम्बन्धित संस्था र प्रणालीलाई सुदृढ गरी उन्नतितर्फ लगिने उद्देश्य रहेको छ । नेपाल र अमेरिका सरकारबीच हुने क्रियाकलाप ७५ वर्ष भन्दा बढी मित्रतामा आधारित छ । यसले महिला र सिमान्तकृत समुदायहरुको सामावेशीकरणमा केन्द्रित भएर वित्तीय संघीयतालाई जनताको पक्षमा काम गर्ने गरी नेपाललाई सहयोग गर्दै आएको छ ।