अपडेट 
२०७९ चैत्र १८, शनिबार ०८:०३

मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री सञ्जयकुमार यादवले प्रदेश सरकारको बजेटमाथि प्रश्न उठाएका छन् ।

राष्ट्रिय कृषक समूह महासंघ मधेश प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा उनले सो कुरा बताएका छन् । ‘व्यवसायिक किसानहरु लक्षित प्रदेश सरकारको योजना छैन्,’उनले भने,‘बजेटलाई वितरणमुखी होइन किसानमैत्री हुनुपर्छ ।’ प्रदेश सरकारको मन्त्रीसँग काम गर्ने अधिकार र स्रोत साधन कम भएको उनले गुनासो पोखे । प्रदेश सरकारको सबै शक्ति मुख्यमन्त्री आफ्नै मातहत राखेको उनले आरोप लगाए । ‘सबै अधिकार कब्जा गरेर मुख्यमन्त्रीले राखेका छन् । जुन पार्टीको मुख्यमन्त्री छैन् । त्यो पार्टीको मन्त्रीले गतिलो काम गर्न सक्दैनन्,’उनले भने । मधेश सरकारको संसद पनि सुस्त गतिमा चलिरहेको उनको कथन छ । आयोजक संस्थाले आफ् नो संगठनको प्रतिवेदन पेश गरेका थिए । शुक्रबार अबेर राति सम्म संगठनको दोस्रो अधिवेशनले नयाँ कार्य समिति पनि चयन गरिने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News